समाचारमा बालबालिका

हाडनातामा गर्भवती बनाएर अर्कैलाई जिम्मा

जिल्लाको खोटेहाङ गाउँपालिकामा एक बालिकालाई बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्नेले १५ वर्षीया बालिकालाई बलात्कार गरी अर्कैलाई जिम्मा लगाएको खुलासा भएको हो । प्रहरी नायब उपरीक्षक वामदेव गौतमका अनुसार बलात्कार गरी अर्कैलाई जिम्मा लगाएर विवाह गरेको उजुरीपछि विवाह गर्ने व्यक्तिसमेत पक्राउ परेका छन्। ‘काका पर्नेले बलात्कार गरेछन्। त्यसपछि श्रीमती मरेकी वृद्धलाई जिम्मा लगाएर बिहे गरिदिएछन्,’ डीएसपी गौतमले थपे, ‘पुस ६ गते विवाह गर्नेलाई पक्राउ गरी पुस ९ गते म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ।’बालिकालाई पनि पुस ६ गते उद्धार गरिएको डीएसपी गौतमले बताए। बालिकाको आठ महिनामाथिको गर्भ रहेको डीएसपी गौतमले सुनाए। फरार रहेका बलात्कार गर्नेको खोजी भइरहेको समेत उनले बताए। बालिका अहिले आफन्तसँग छिन्।

२०७६ पुष १० गते ४:५५ मा प्रकाशित