A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionccj92vrvnn1sfqm3i22gnb205f018cdj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई बन्धक बनाएर बलात्कार

कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। पुस २ गते विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई साथीको घर लिएर बन्धक बनाइ बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्। ‘विद्यालयबाट साइकलमा साथीको घर पुर्‍याएर बन्धक बनाइ बलात्कार गरेको रहेछ’, पीडित बालिकालाई उदृत गर्दै उनका दाइले भने। ‘बहिनी बेहास भइछन्। बिहान ९पुस ४ गते० ७ बजे होश खुल्दा एक्लै कोठामा रहिछन्। त्यसपछि मात्र थाहा भएछ आफू कहाँ छु भनेर’, उनले भनिन्। ती छात्रा होश खुलेपछि रुँदै घर पुगिन्। आमाबुबालाई केही नभनी बालिका रुन मात्र थालिन्। आमाबुवा पनि छोरीको अवस्था देखेर अचम्मित हुनुभयो। सोधपुछ गर्दा पनि उनी केही बोल्न सकिनन्। पुस ४ गते रातभर सम्झाएपछि छोरीले केटाले गरेका सबै कुरा आमालाई बताइन्। बलात्कार भएको थाहा पाएपछि पीडित बालिकाका दाइ नजिकको प्रहरी चौकीमा उजुरी दिन गए। उजुरी दिनुअघि नै बलात्कारको आरोप लागेका २२ वर्षीय ऐरी थरका ती युवा प्रहरीको खोरमा पुगिसकेको प्रहरीले जानकारी दिएको छ।

२०७६ पुष ७ गते १२:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: