समाचारमा बालबालिका

घरबाट भागेर भारत पुगेका ४ बालकको उद्धार

भारतको कटिहारबाट ४ जना बालकको उद्धार भएको छ । नेपालबाट विभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिति,सीवीन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्धार गरिएको हो । उद्धार गरिएका बालकमा धेरै घरबाट भागेर गएकाहरु रहेको सीवीनका कार्यक्रम संयोजक बासुदेव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट भारतीय बजारमा पुर्‍याईएका बालबालिका कतिपयलाई प्रलोभनमा पारेर लगेको त कतिपयलाई काम गराउने उदेश्यले भारत पुर्याईएको पाईएको छ । उद्धार भएका बालकहरुमा ३ वर्षदेखि भारतको बालगृहमा जीवन बिताइरहेकाहरु पनि रहेका छन् । कटहरीका सुनिल कुमार मण्डल, विराटनगर बरगाछीका ८ वर्षीय सुमन तामाङ, विराटनगरका सौरभ सापकोटा र  कटहरीका मुकेशकुमार पासवानको उद्धार भएको हो । १३ वर्षका सापकोटालाई आफू केको लागि भारत गए भन्ने समेत जानकारी छैन । कक्षा ७ पास गर्ने बितिकै हिँडेका उनलाई भारतको कटिहार रेल स्टेशनबाट प्रहरीले फेला पारेर बालगृहमा पठाएको थियो । अर्का पासवान पनि झुक्किएर कटिहार पुगेको बताउँछन्  । कटहरी घर भएका पासवान फारविसगञ्ज जाने भन्दै गएका थिए । तर त्यहाँबाट रेल चढे कहाँ पुगिन्छ भन्ने समेत उनले पत्तो नपाएको सुनाए । फारविसगञ्चबाट जोगवनी जान्छु भनेर रेल  चढेका पासवान एक्कासी कटियार पुगेको सुनाउँछन् । उनी रेलबाट झरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सुनिल कुमार मण्डल ३ वर्षदेखि भारत बिहारको कटिहारमा रहेको अली जफर मेमोरियल एजुकेशन ट्रष्टले संचालन गर्दै आएको बालगृहमा बस्दै आएका थिए । उनी भने आफ्नो आमा र बुबा पञ्जावमा रहेको कारण पञ्जाब जाने भन्दै गएका थिए । तर उनलाई पञ्जाव कहाँ हो भन्ने थाहा थिएन । उनी न पञ्जाव पुगे न घर नै फर्किन पाए । उनलाई रेलबाट झर्ने बितिकै भारतीय प्रहरीले पक्राउ ग¥यो । उनलाई ३ वर्षसम्म बालगृहमा राखिएको थियो । उद्धार गरिएका चारै जनालाई बिराटनगर ल्याएर आफन्तको जिम्मा लगाईएको छ ।  

२०७५ असार ७ गते प्रकाशित