A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmvuqn8hfpnj9co74qg48iaifnldhlud4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भान्सामा मृत फेला परेकी कमलरी बालिकाको हत्याको आशंका

बर्दियाको बाँसगढी नगरपालिका-४ घर भई बढैयाताल गाउँपालिका-७ स्थित दुर्गा भण्डारीको घरमा बस्दै आएकी ११ वर्षीया कमलरी अस्मिता थारुको मृत्यु आत्महत्या नभई हत्या भएको परिवारले आशंका गरेका छन्। विगत ५ वर्षदेखि भण्डारीको घरमा बस्दै आएकी थारुको जेठ २९ गते मालिककै भान्सा कोठामा सलको पासोमा झुण्डिएको अवस्थामा शव भेटिएको पारिवारिक श्रोतले जनाएको छ। स्थानीय भगवती माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी बालिकाको घटनास्थलको प्रकृति हेर्दा सल बाँधेको छाना अग्लो स्थानमा रहेकाले बहिनीले पासो लगाउन त्यहाँ पुग्न नसक्ने अवस्था रहेको मृतक बालिकाकी दिदी सीता थारुले बताइन्। मालिकको घरबाट फोन आएपछि हामी घटना स्थलमै पुगेका थियौं।उनले थपिन बहिनीको दुवै साप्रामा निल डाम देखियो। घटनाले आफूहरु मर्माहत भएको उनले बताइन्। खुट्टाले भुई छोएको दुवै हात टेबुलमा राखेर झुण्डिएको अवस्थामा शव रहेको उनले प्रष्ट पारिन्।पढाउने शर्तमा भण्डारीको घरमा बहिनी बस्दै आएको समेत उनले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय मैनापोखरमा मृतक बालिकाका बावु मनिराम थारुले मालिक दुर्गा भण्डारीको नाउँमा दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

२०७५ असार ५ गते १२:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: