महाकालीमा बगेर एक बालिका वेपत्ता
दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ नज्याङ क्षेत्रमा महाकाली नदी तर्ने क्रममा एक बालिका वेपत्ता भएका छन् । यार्सा संकलन गरि घर फर्कने क्रममा दुहुँ गाउँपालिका २ का १६ वर्षीया कञ्चन लोथ्याल महाकाली नदीमा वेपत्ता भएका हुन् । अभिभावक सँगै महाकाली नदी तर्ने क्रममा ढुंगाबाट चिप्लिएर लोथ्याल वेपत्ता भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए । यार्सा संकलन गरेर आउने क्रममा महाकाली नदीमा हाम फालेर खोला तर्दै गरेका थिए । उनका आफन्त सुरेन्द्र लोथ्यालले नदी पार गरे । तर उनले खोला तर्न सकेनन् । बुवा महिमन लोथ्याल त्यहाँ नपुग्दै छोरी वेपत्ता भएको परिवारले जनाएको छ ।
२०७५ असार ३ गते १२:४९ मा प्रकाशित