A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कृत

तल्कोट गाउँपालिका वडानम्बर २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिती भएकी ती बालिकालाई स्थानीय ४० वर्षीय फिट्टु कुँवरले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । असार ३ गते दिउँसो बालिकाको बलात्कार भएको भएपनि घटनास्थल टाढा भएका कारण पीडितहरु प्रहरीको सम्पर्कमा आएपछि मात्र घटना सार्वजनिक भएको हो । दिउँसो ४ बजेतिर मदिरा सेवन गरेर मातेका आरोपी कुँवरले बालिकालाई उनकै गोठमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन ।गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना भएको र घटना भइसकेपछि बालिका चिच्याउँदै बाहिर निस्केपछि अरुले थाहा पाएका थिए । आरोपी कुँवर फरार छन् । सुस्तमनस्थिती भएकी १३ वर्षीया बालिका स्पष्ट रुपमा बोल्न सक्दिनन् । उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परिक्षण गरिएको र मंगलबार मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ऋषिराम कुँवरले जानकारी दिए ।

पटक पटक बलात्कार
सुस्त मनस्थिती भएकी ती बालिकाको यसअघि पनि थुपै्र पटक बलात्कार भएको स्वास्थ्य परिक्षणबाट देखिएको छ स्वास्थ्य परिक्षणमा संलग्न एकजना स्वास्थ्यकर्मीले जानकारी दिए । बालिकासँग कुराकानी गर्दापनि यस अघि सोही व्यक्तीले बलात्कार गरेको खुल्न आएको छ।

२०७५ असार ५ गते ५:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: