A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionodpvk3o5c8go4lcdtrtui30b9a1j422j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुटाइबाट विद्यार्थी गम्भीर घाइते

सदरमुकाम राजविराज–६ स्थित होलीक्रस इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपलले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका सञ्चालकसमेत रहेका प्रिन्सिपल विनोद साफीको कुटपिटबाट छिन्नमस्ता गाउँपालिका–१ का विद्यार्थी १४ वर्षीय धर्मदेव साह गम्भीर बिरामी परेका छन् । पीडित विद्यार्थी सोही विद्यालयको होस्टल नजिकै डेरा लिई बस्दै आएका थिए । उनको छाती, पिठ्यँु र कम्मरमा गहिरो चोट लागेको पीडित परिवारले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । घटना गत शनिवार दिउँसो भएपनि सबैजना घाइते बालकलाई उपचार गराउन विराटनगर गएका कारण २ दिन ढिलो गरी सार्वजनिक गरिएको पीडित बालकका भिनाजु राजकुमार साहले बताए । पीडित बालकको परिवारका अनुसार स्थानीय पवि माविमा कक्षा १० मा अध्ययनरत साह शनिबार विदा परेकाले डेरा नजिकै रहेको होलिक्रस बोर्डिङ स्कुलको होस्टलमा रहेका साथी अमित यादवसँग होस्टल प्राङ्गणमा झुला झुल्दै थिए ।

अचानक झुलाको सिक्री चुडिएपछि अमित ढलेका थिए । जसकाकारण टाउकोमा सामान्य चोट लागेको थियो । सोही घटनाबारे थाहा पाएर पुगेका प्रिन्सिपल साफीले लाठी र लात्तीले अन्धाधुन्ध प्रहार गर्दा छोरा धर्मदेव गम्भीर घाइते भएको बुबा रामआसिस साहले बताए । विद्यार्थीहरू खेल्दै गर्दा भएको सामान्य दुर्घटनाको निहुँमा आवेशमा आई प्रिन्सिपल साफीले पशुजस्तो ब्यवहार देखाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा उपस्थित प्रत्यक्षदर्शीहरूले प्रिन्सिपल साफीले मानवीय समवेदना गुमाएर बालक साहलाई पशुझै निर्घात कुटपिट गरेको बताए । घटनापछि आक्रोशित भींडले होलीक्रस बोर्डिङ्ग स्कुलमा तालावन्दी समेत गरेका थिए । उक्त तालाबन्दी भने सोमबार प्रहरीले स्थानियलाई सम्झाई बुझाई गरी खोलेका छन् । प्रहरीले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि स्थानीयले ताला खोलिदिएको स्थानीय श्यामनारायण साहले बताए । घटनाको सत्यतथ्य छानविन गरी यथाशिघ्र प्रिन्सिपल साफीमाथि कारवाही हुनुपर्ने पीडितका परिवारजनले माग गरेका छन् । प्रिन्सिपल साफीले भने आफनो विद्यालयका विद्यार्थीलाई कुटपिट गरेकाले आवेशमा ४/५ थप्पड मात्र हिर्काएको बताएका छन् । घटना बारेमा सत्यतथ्य छानविन भइरहेको र अनुसन्धानपछि दोषीमाथि कारवाही गरिने प्रहरीले जनाएको छ ।

२०७५ असार ५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: