A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बारामा ९ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, दुई पक्राउ

https://www.setopati.com/social/259778 माघ २

बारामा बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु  र ४० वर्षीय शान्ति देवी छन्।

 

गत आइतबार पुस २५ गते दिउँसो बालिका बाख्रा चराउन गएकी थिइन्। तर त्यो दिनदेखि बालिका बेपत्ता भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीलाई खबर भएपछि खोज्नेक्रममा पुस २७ गते मंगलबार दिउँसो साढे १२ बजे जमुना खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। 

शव फेला परेपछि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा हेर्दा नाबालिकाको घाटी कसेर टाउकोमा समेत प्रहार गरी हत्या गरी फालेको जस्तो देखिएको थापाले बताए। 

घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि खटिएको थियो। 

अनुसन्धानको क्रममा कानुको संलग्नता देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घटनाको दिन मृतक बालिका बाख्रा चराइरहेकी थिइन्। त्यसपछि उनी खानेपानी लिन शान्ति देवीको कुखुरा फार्ममा गएकी थिइन्। तर बालिका त्यहाँबाट फर्किएकी थिइनन्। 

प्रहरीले अनुसन्धान गर्दा सो दिन कुखुरा फार्ममा सन्तोष साह कानु बाहेक कोही थिएनन्। सो बुझ्दा उनकै संलग्नता रहेको आशंका लिइ प्रहरीले सोधपुछ गरेको थियो। 

प्रहरीले प्रविधिको सहयोगमा सोधपुछ गर्दा बालिका पानी लिन जाँदा घटना घटाएको भन्ने स्विकारेको प्रहरीले जनाएको छ। यस्तै शान्ति देवीले भने अपराध पुष्टि हुने प्रमाणहरू लोप गराउने प्रयास गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। 

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: