A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छिमेकीले गरे १६ महिने भाइको हत्या, ५ वर्षीया दिदी घाइते

https://www.setopati.com/social/259451 पुस २८

स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ। 

बुधबार दिउँसो सवा १ बजे वालिङ नगरपालिका-१० स्थित भकुण्डेमा ३३ वर्षीय जितेन्द्र गुरूङले एक बालक र बालिकामाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङको मृत्यु भएको हो। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मृतककी दिदी ५ वर्षीया साइना गुरूङमाथि पनि चक्कु प्रहार भएको थियो। उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। 

उनको घाटी, बायाँ हातको बुढी औंलामा चोट लागेको छ। 

प्रहरीले चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जितेन्द्रलाई पक्राउ गरिसकेको छ। उनी बालकका छिमेकी भएको खुलेको छ। यद्यपि कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। 

घटनास्थलमा पुगेर प्रहरी अनुसन्धान गरिरहेको कार्यालयले जानकारी दिएको छ। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: