A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुटपिट भएको ७२ दिनपछि मृत्यु

https://annapurnapost.com/news/kuttpitt-bheko-72-dinpchi-mrtyu-192134  ०१ पुष

विराटनगर : मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीका एकजना किशोरको एकै परिवारका दाजुभाइ मिलेर कुटपिट गरेको ७२ दिनपछि बिहीबार मृत्यु भएको छ । कुटपिटका कारण १७ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। उनका अनुसार सञ्जयलाई केराबारी–९ का ३२ वर्षीय यज्ञ परियार र २५ वर्षीय सुजन परियार मिलेर गत असोज १८ गते कुटपिट गरेका थिए।

यज्ञ र सुजन एउटै परिवारका दाजु–भाइ हुन् । कुटपिटबाट घाइते भएका सञ्जयको उपचार मोरङको विराट चोकस्थित सुकुना सामुदायिक अस्पताल र विराटनगरको कोसी अस्पतालमा गराइएको थियो ।

उपचारपछि डिस्चार्ज भएर घर गएका उनको बिहीबार बिहान मृत्यु भएको जानकारी एसपी जीसीले दिए । उनका अनुसार दसैंको समयमा डाइस (लंगुर–बुर्जा) खेलाएको विषयमा विवाद हुँदा सुजन र यज्ञ मिलेर सञ्जयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि गाउँमै मिलापत्र गरेर घटना मिलाइएको थियो । सञ्जयलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या पनि रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जीसीले बताए । उनका अनुसार घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिसकिएको छ । पक्राउ परेकाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: