A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१३ वर्षीया बालिकालाई फेसबुकमार्फत साथी बनाई ब्ल्याकमेल र बलात्कार गर्ने थुनामा

https://ratopati.com/story/219920/2022/2/6/sujan-shrestha- माघ २३, २०७८

नक्कली फेसबुक एकाउन्टबाट १३ वर्षीया बालिकालाई साथी बनाएर ब्ल्याकमेल गरी बलात्कार गर्ने सुजन श्रेष्‍ठलाई  काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । करिब ३ महिना अगाडि ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षका श्रेष्‍ठले सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्ट बनाएर ती बालिकालाई साथी बनाएर बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।

पछि स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिई ब्ल्याकमेल गरी गत पुस २७ गते काठमाडौँ बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घर पछाडि भेट्न बाध्य बनाई जवरजस्ती करणी गरी फरार रहेका थिए ।

श्रेष्‍ठलाई पुस ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान सम्पन्न गरी राय सहितको प्रतिवेदन माघ १८ गते सरकारी वकील कार्यालय बबरमहलमा बुझाइएको थियो । आइतबार जिल्ला अदालतको आदेशबाट श्रेष्‍ठलाई पुर्पक्षका लागि जगन्नाथ देवल काठमाडौँमा थुनामा पठाइएको छ ।

बूढानीलकण्ठमा बसोबास गरिरहेकी एक १३ वर्षीय बालिकालाई करिब २ महिना अगाडि फेसबुकमा सौगात महर्जनको नामबाट फ्रेण्ड रिक्वेष्ट आयो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकी ती बालिकाले पनि उक्त फ्रेण्ड रिक्वेष्ट स्वीकार गरिन् । सामान्य कुराकानी हुँदा ती बालिकालाई पनि रमाइलो नै लाग्यो र उनले ती युवकसँग कुराकानी गरिरहिन् ।

कुराकानीकै क्रममा बालिका र ती व्यक्ति ज्यादै नजिक बनिसकेका थिए । अनि एकदिन ती व्यक्तिले बालिकालाई आफ्नो यौन अङ्गहरु देखाउन आग्रह गरे । बालिकाले आफू सानै भएको भन्दै यौन अङ्ग देखाउन अस्वीकार गरिन् । तर ती व्यक्तिले आफ्नो पनि यौन अङ्गहरु देखाउने भन्दै बालिकालाई यौन अङ्गहरु देखाउन बारम्बार दबाब दिइरहे ।

 

बारम्बार दबाब आइरहेपछि ती बालिकाले आफ्नो यौन अङ्गहरु देखाउन थालिन् र नग्न भएर भिडियो च्याटमा कुराकानी गर्न थालिन् । यो क्रम केही दिन चलिरह्यो । त्यसपछि ती व्यक्तिले बालिकालाई आफूसँग यौन सम्बन्ध राख्न आग्रह गरे । तर बालिकाले ती व्यक्तिको प्रस्ताव अस्वीकार गरिन् ।

जब बालिकाले सौगात महर्जन नाम गरेका व्यक्तिको यौन प्रस्ताव अस्वीकार गरिन्, त्यसपछि ती व्यक्तिले बालिकासँग ब्ल्याकमेल सुरु गरे । बालिकासँग भएको अश्लील संवाद, कुराकानी र नग्न भिडियो बालिकालाई नै पठाएर आफूसँग भेटघाट नगरे ती सबै फोटो र भिडियो भाइरल बनाइदिने धम्की दिए । बालिकाले पठाएको नग्न फोटो र भिडियोहरु ती व्यक्तिले सेभ गरेर राखेका थिए । त्यतिमात्र नभएर फेसबुकको भिडियो च्याटमा भएका कुराकानी स्क्रिन क्याप्चर गरेर राखेका रहेछन् । अनि त्यही फोटो र भिडियो आफूसँग रहेको भन्दै आफूसँग भेटघाट नगरे ती फोटो र भिडियो स्कुलका साथीभाइ, परिवारका सदस्य आदिलाई पठाइदिने र फेसबुकमै भाइरल गरिदिने धम्की दिए ।

फेसबुकमै चिनजान भएको, कहिल्यै नदेखेको र नभेटेको व्यक्तिले ब्ल्याकमेल सुरु गरेपछि बालिका आत्तिइन् । एकपटक भेट्ने तर भेटेपछि सबै फोटो र भिडियो डिलिट गरिदिने शर्त राखिन् । ऊ बालिकाको उक्त शर्त मान्न तयार भयो र एकपटक भेटघाट मात्रै गर्ने अनि सबै फोटो र भिडियोहरू डिलिट गरिदिने बतायो ।

त्यसपछि बालिका ती व्यक्तिलाई भेट्न तयार भइन्, त्यो पनि साँझको समयमा ।

.... अनि भयो जबरजस्ती करणी

बालिकासँग ती व्यक्तिको मोबाइल नम्बर थिएन । न ती व्यक्तिको फोटो नै फेसबुकमा राखिएको थियो । भिडियो च्याटमा कुराकानी गर्दा पनि ती व्यक्ति सकेसम्म आफ्नो अनुहार देखाउन चाहँदैनथे । तर पनि आफ्नो ‘इज्जत जोगाउन’ बालिकालाई ती व्यक्तिसँग भेट्नैपर्ने बाध्यता थियो । बाध्य भएपछि बालिकाले ती व्यक्तिलाई गत पुस २७ गते बूढानीलकण्ठस्थित आफ्नो घर नजिकै बोलाइन् । २०/२१ वर्षको जस्तो देखिने एक व्यक्ति बालिकालाई भेट्न आइपुगे । तर ती व्यक्तिको अनुहार पनि उनले राम्ररी चिन्न सकिनन् ।

सडक छेउमै भेट गर्न खोज्दा उक्त युवकले सडक छेउमा भेट गर्न मानेन । बरु बूढानीलकण्ठ नजिकै बन्दै गरेको एक घरमा पछाडि लिएर गयो । अनि त्यहीँ ती बालिकामाथि आफ्नो यौन हर्कत देखाउन थाल्यो । ती युवकले सुरुमै बालिकाको संवेदनशील अङ्गहरु सुमसुम्याउन थाल्यो । अनि बालिकालाई जवरजस्ती करणी गर्‍यो । बलिष्ठ २१ वर्षको व्यक्तिले करणी गर्दा १३ वर्षीय बालिकाले प्रतिकार गर्न सकिनन् र चुपचाप रहनुबाहेक अरु विकल्प रहेन ।

जब युवकले करणी गरे, त्यसपछि बालिकाले आफ्नो नग्न फोटो र भिडियो डिलिट गर्न भनिन् । युवकले त्यस समय अब गरिदिन्छु भनेर त्यहाँबाट निस्किए । तर जब बालिका र ती युवक दुवै आ–आफ्नो घर पुगे, त्यसपछि फेरि सुरु भयो ब्ल्याकमेल । एकपटक भेट गरेपछि फोटो र भिडियो डिलिट गर्ने पूर्व शर्त युवकले मानेन । बरु एकपटक फेरि भेटघाट गरेपछि मात्रै उक्त फोटो र भिडियो डिलिट गरिदिने बतायो । अर्कोपटक भेट नगरे साथीभाइ र परिवारका अन्य सदस्यलाई ती फोटो र भिडियो पठाइदिने धम्की दिन थाल्यो ।

युवकले झन् झन् ब्ल्याकमेल सुरु गर्न थालेपछि बालिका झनै बढी डिप्रेसनमा पुगिन् । विद्यालयमा पनि उदास भएर बस्न थालेपछि बालिकाकी साथीले कारण सोधिन् । बालिकाले साथीलाई आफ्नो समस्या र अवस्थाबारे सबै बताइन् । ती युवकको कारण आफू धेरै तनावमा रहेको बताइन् । बालिकाको यो कुरा साथी हुँदै बालिकाकै घर परिवारमा पनि पुग्यो । सुरुमा घरमा केही नबताएकी बालिकाले जब घरमा दाइ लगायतले यसबारे सोधपुछ गरे, बालिकाले सबै विषय बेलिबिस्तार लगाइन् ।

त्यसलगत्तै बालिकाको दाइ पीडित बालिकालाई लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा आएर घटनाका सम्बन्धमा उजुरी गरे । १३ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेर फरार भएको भनेपछि महाराजगञ्ज प्रहरीले पनि सक्रियता देखायो । अनि खोजी भयो, सौगात महर्जनको ।

पीडित बालिकासँग उक्त युवकको फोटोसमेत थिएन । अँध्यारोमा मात्रै देखेकी हुनाले बालिकालाई युवकको अनुहार पनि याद थिएन । तर पनि फेसबुकमा तिनै युवक सौगात महर्जनसँग उनी कुराकानी गरिरहेकी थिइन् ।

प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले बालिकालाई नै फेसबुकमा कुराकानी गर्न लगाएर प्रहरीले आरोपीको मोबाइल नम्बर माग्ने कोशिस गर्‍यो । तर चलाख आरोपीले मोबाइल नम्बर दिन अस्वीकार गर्‍यो । बरु भिडियो कलमै कुराकानी गर्ने, भेट गर्ने बतायो । त्यसपछि प्रहरीले खोजी गर्‍यो सौगात महर्जनको ।

युवकले प्रयोग गर्ने सौगात महर्जन नामको फेसबुक आइडीमा पनि अरु कुनै डिटेल्स थिएन । उसले न त कुनै पोष्ट नै गरेको थियो । प्रोफाइल पिक्चरमा पनि ‘आखिर मजा त दुवैलाई त हो नि’ जस्ता अश्लील शब्दहरु प्रयोग गरिएको थियो र प्रोफाइल पिक्चरमै यौन आशक्ति देखिने प्रकृतिको थियो । प्रहरी त्यही फेसबुक आइडी प्रयोग गर्ने युवकको खोजीमा जुट्यो र, विविध विधि प्रयोग गरेर उजुरी आएको २४ घण्टाभित्रै प्रहरी आरोपी युवकसम्म पुग्न सफल भयो ।

ललितपुरको पाटन सुन्धारा पुगेर प्रहरीले सौगात महर्जन नाम बताउने सुजन श्रेष्ठलाई पुस ३० गते पक्राउ गर्न सफल भयो । वास्तवमा आफूलाई सौगात महर्जन भनेर चिनाइरहेका व्यक्ति थिए, पनौती नगरपालिका १ का २१ वर्षीय सुजन श्रेष्ठ । नाबालिकालाई करणी गरी फरार भएका व्यक्ति अन्ततः पक्राउ पर्‍यो  ।

श्रेष्ठ पनौतीको मध्यमवर्गीय परिवारका व्यक्ति हुन् । सुजन जमलमा रहेको एक होटलमा काम गर्थे भने ललितपुरको पाटनमा बस्दै आएका थिए । प्रहरी अनुसन्धानका क्रममा सुजनले ५ वटा फेसबुक चलाएको पाइएको छ । सुजनले विभिन्न किशोरी तथा युवतीसँग कुराकानी गर्न ५ वटा नक्कली फेसबुक बनाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा आरोपी श्रेष्ठले ती सबै फेसबुक किशोरी तथा महिलासँग अश्लील कुराकानी र भिडियो च्याट गर्न बनाएको र त्यसको एकमात्रै उद्देश्य यौन आवश्यकता पूरा गर्ने रहेको बताएका थिए ।

 
 
 
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: