A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हराइरहेकी ६ वर्षीया बालिका मृत फेला

https://www.setopati.com/social/257604 पुस ७

बर्दियामा हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन्। 

बुधबार दिउँसो २ बजे बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ९ औरीस्थितमा ६ वर्षीया बालिका देविका खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए। 

उनका अनुसार बालिकाको शव घर देखि अन्दाजी ५०० मिटर पश्चिममा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्डभित्र फेला परेको हो। 

देविका गत शनिबार अपराह्न ५ बजेदेखि बेपत्ता थिइन्। आफ्नी छोरी हराइरहेको भन्दै बारबर्दिया नगरपालिका वडा नम्बर ८ औरी बस्ने बुवा विष्णु खनालले आइतबार जानकारी गराएका थिए। 

त्यसपछि प्रहरीको टोली खोजी गर्न खटिएको थियो। खोजतलासकै क्रममा बुधबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव फेला पारेको हो।

बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वर कार्कीका अनुसार मृत्यु चिप्लिएर लडि पानीमा डुबेपछि भएको प्ररम्भीक अनुसन्धानबाट देखिएको छ। 

‘चप्पल फेला पारेका छौं। अहिले हेर्दा मृत्यु चिप्लिएर लडेपछि पानीमा डुबेर भएको देखिन्छ,’ उनले भने,‘पोष्टमार्टम गर्न पठाएका छौं। बाँकी अनुसन्धान अघि बढाएका छौं।’

बालिकाको शव फेला पारी पोष्टमार्टमको लागि बर्दिया अस्पताल पठाइएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: