A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जंगलमा गाई चराउन गएका दुई बालकले भिरबाट धकेल्दा एक बालकको मृत्यु

https://www.setopati.com/social/258702 पुस २०

रूकुम पूर्वमा जंगलमा गाई चराउन गएका दुई बालकले अर्का एक बालकलाई झगडाका क्रममा भिरबाट धकेलेपछि एक जनाको मृत्यु भएको छ। 

जिल्लाको भूमे गाउँपालिका वडा नं. १ का ९ वर्षीय सरेश घर्ती र ८ वर्षीय अमृत घर्तीले भिरबाट धकेल्दा स्थानीय ८ वर्षीय जोजो घर्तीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालका हवल्दार घनश्याम चौधरीका अनुसार सोमबार बेलुका ५ बजेतिर स्थानीय खाम्चा जंगलमा गाई चराउन गएका तीन बालकका बीचमा आपसी सामान्य विवादपछि झगडा हुँदा दुई बालक मिलेर जोजोलाई भिरबाट धकेलिदिएका थिए। 

घटनाबारे सूचना पाएपछि प्रहरी चौकी लुकुमबाट पुगेको प्रहरी टोलीले घाइते बालक जोजोको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो।

टाउको, अनुहार लगायतका शरीरका विभिन्न भागमा गम्भीर चोटपटक रहेका बालक जोजोको उपचारका क्रममा सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरी हवल्दार चौधरीले सेतोपाटीलाई बताए। 

उनले जोजोलाई भिरबाट धकल्ने दुई बालक अमृत घर्ती र सुरेश घर्तीलाई घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए। 

मृतक जोजोको पोष्टमार्टमपछि मंगलबार दिउँसो बुवा किसन घर्तीले शव बुझेर लगेको पनि प्रहरीले जानकारी दिएको छ। झगडाको कारणबारे सोधपुछ गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: