A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालकको हत्या आरोपमा एक पक्राउ

https://www.setopati.com/social/237937 जेठ ४ 

बारामा दुई जना बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो प्रहरीले अन्दाजी २७–२८ वर्षीय पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। उनीमाथि अहिले सोधपुछ भइरहेको डिएसपी मिश्रले बताए।

‘एक जना नियन्त्रणमा लिएका छौं। अरू पनि हेर्दैछौं। अहिले पक्राउ परेका व्यक्तिबारे खुलाउन सक्ने अवस्था भएन,’ डिएसपी मिश्रले भने, ‘उनीहरू आफन्त भने होइनन्। तर चिनजानका परिवारसँग जोडिएका मान्छे हुन्।’

मंगलबार बिहान कलैया उपमहानगरपालिका ७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको थियो। मृतक बालकहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमान अन्सारी हुन्। उनीहरू दाजुभाइ हुन्। 

डिएसपी मिश्रका अनुसार उनीहरूको घाँटी रेटेर हत्या भएको थियो। आफ्नो घरबाट  करिब तीन सय मिटर परको मदरसामा शव फेला परेको हो। दुई दाजुभाइ सोमबार बेलुकी ७ बजे खेल्ने भन्दै घरबाट निस्किएका थिए। तर त्यसपछि उनीहरू घर फर्किएका थिएनन्। घर नफर्किएपछि प्रहरीलाई खबर भएको थियो।

मंगलबार बिहान करिब सवा ७ बजे दुबै बालकको शव फेला परेको हो। तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको थियो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: