समाचारमा बालबालिका

करेन्ट लागेर १० वर्षीय बालकको ज्यान गयो

https://www.setopati.com/social/236607 वैशाख २२ 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। 

१० वर्षीय बालक टिहाङ राईको करेन्ट लागेर मृत्यु बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान पौने ८ बजे  घरबाट दिदीको घर जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।