A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षीया बालिकालाई युवाको समूहले पेट्रोल छर्किएर आगो लगायो !

http://annapurnapost.com/news/179063 २० बैशाख २०७८

बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा १४ वर्षीया बालिकालाई तीन युवाहरुको समूहले पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएको छ । घटनापछि तीनै जना युवाहरु फरार रहेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति ती बालिकामाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगो लगाउने क्रममा बालिकाको शरीरका कपडा जलेका छन् भने उनी घाइते भएकी छन् ।

त्रिवेणी नगरपालिका–८ पन्तालीकी पीडित बालिकाको अहिले जिल्ला अस्पताल बाजुरा ल्याइ उपचार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराका अनुसार आगो लागेर बालिका सख्त घाइते भएकी छन् । साथै घटनापछि फरार युवाहरुलाई प्रहरीले खोजी जारी रहेको बताइएको छ ।

राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पेट्रोल छर्की आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गिरीसहित तीनैजनालाई पक्राउ गरी मुलुकी अपराध संहिता १९२ को ‘क’अनुसार मुद्दा चलाउने पनि प्रहरी प्रमुख महराले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: