समाचारमा बालबालिका

पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु

https://www.setopati.com/social/239035 जेठ १६

मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बेलुका सवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकी आमाले देखेकी थिइन्। तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा उनको मृत्यु भएको थियो।