समाचारमा बालबालिका

सामूहिक बलात्कार आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ

https://ratopati.com/story/181015/2021/5/18/arrest जेठ ४, २०७८

कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् ।

गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको आरोप छ । आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा राखेर बालिकालाई उनीहरुले आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएका छन् । आरोपीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर शंकर आचार्यले रातोपाटीलाई बताए ।