समाचारमा बालबालिका

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/06/964067 २०७८ जेठ २०

२0 जेठ, जनकपुरधाम । इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । बाख्रा चराउन गएको बखत बालक खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेको उनले बताए ।

घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।