A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl1g3j8a1kbop46p8vodcdaduvglvi7e4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दैलेखमा बालविवाह बढ्दै

https://ekantipur.com/pradesh-6/2020/12/29/160923957093115169.html पुस १४, २०७७

दैलेख — नौमुले गाउँपालिका–१ का १७ वर्षीय एक बालक र महाबु गाउँपालिकाकी १५ वर्षीया बालिका गत शनिबार बालविवाह गरेको आरोपमा पक्राउ परे । विवाह गरेको एक महिनापछि पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

दैलेखमा पछिल्लो समय बालविवाहका घटना बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा बालविवाह गर्ने १० जोडीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । १६ जोडीलाई सम्झाइ बुझाइ छोडिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । ‘केटाकेटीका अभिभावकको चित्त बुझे उजुरी आउँदैन,’ उनले भने, ‘उनले भने, ‘हामीले सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाएका समेत घरमा सँगै बसेको भेटियो ।’

बाल विवाहविरुद्ध क्रियाशिल सामाजिक सेवा केन्द्र (सोकेक) ले सञ्चालन गरेको टोल फ्रि नम्बरमा चालू आर्थिक वर्षमा मात्रै १ हजार २ सय ४७ जनाले बालविवाह गरेको जानकारी आएको छ । संस्थामा आएको जानकारीका आधारमा ७ जोडीविरुद्ध प्रहरीमार्फत मुद्दा दर्ता गरिएको सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए । उनले यो वर्ष मात्रै ३ सय जनालाई अभिभावकको जिम्मा लगाइएको बताए । ‘लकडाउन र कोरोना महामारीको मौकामा झन् बालविवाह मौलायो,’ उनले भने, ‘बालविवाहका कारण घरेलु हिंसा पनि बढिरहेको छ ।’

चैतयता ११ स्थानीय तहमा १ हजार २ सय ४७ जनाले लुकीछुपी विवाह गरेको संस्थाको तथ्यांक छ । संस्थाका अनुसार दुल्लुमा १ सय ५५, गुराँसमा १ सय १५, चामुन्डा बिन्द्रसैनीमा १ सय ८, आठबीसमा १ सय २९, नारायणमा ९९ र भैरवीमा १ सय ३५ जनाले चैतयता विवाह गरेका छन् । त्यस्तै ९ महिनाको अवधिमा भगवतीमाईमा १ सय १७, डुगेश्वरमा ६५, ठाँटीकाधमा १ सय २९, महाबुमा ९५ र नौमुलेमा १ सय १ जनाले बालविवाह गरेको संस्थाको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहहरुले बाल विवाहविरुद्ध विभिन्न अभियान सञ्चालन गरे पनि सफल नभएको जनाएका छन् । सबै वडामा नियमित रुपमा बाल विवाहविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि बालविवाह रोक्न नसकिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ‘लुकिछिपी गर्भवती हुने, उमेर नपुग्दै बच्चा जन्माउनेलगायत कारणले ग्रामीण क्षेत्रमा बालविवाह हट्न सकेको छैन,’ उनले भने, ‘बालविवाह भएको बारे ढिलो गरी जानकारी आउँदा पनि रोक्न समस्या भएको हो ।’

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: