समाचारमा बालबालिका

ट्याक्टरबाट लडेर बालकको मृत्यु

http://annapurnapost.com/news/173976  ११ माघ २०७७ 

सप्तरीको खडक नगरपालिकामा आइतबार साँझ ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।

खडक नगरपालिका–९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

फुलबडियाबाट उत्तर कल्याणपुरतर्फ जाँदै गरेको ट्याक्टरमा सवार बालक ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएका हुन् । 

घाइते बालकको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

पोष्टमार्टमका लागि शवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृह ल्याइएको छ । ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।