समाचारमा बालबालिका

किशोरी बलात्कार आरोपी पक्राउ

https://ekantipur.com/pradesh-4/2021/01/07/161003545809728049.html  पुस २३, २०७७

किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई विवाह गर्छु जस्ता विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्ती करणी गर्दै आएका भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशीष थापालाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पुस १८ गते बलात्कारको आरोपमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएको आधारमा पक्राउ गरिएको हो । थापालाई जबरजस्ती करणी सम्बन्धी कसुर जबरजस्ती करणी शीर्षकमा बुधबारै जिल्ला अदालतमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जनकारी दिए ।