A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार र हत्या प्रयासका आरोपी प्रहरी जवान पक्राउ

त्यसपछि फरार रहेका उनलाई मंगलबार बिहान २ बजेतिर कैलालीको सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । उनी गड्सेराबाट भागेर जंगलैजंगल सहजपुर पुगेको पाण्डेयले बताए । मंगलवारै सिंहको स्वास्थ्य परीक्षण र पीसीआर परीक्षण गरिएको बताउँदै प्रहरी उपरीक्षक पाण्डेयले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

अस्थायी प्रहरी पोष्टमै रहेका सिंह सोमबार दिउसो करिक १२ वजेतिर फरार भएका अस्थायी प्रहरी पोष्ट गडसेराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भण्डारीले बताए । घटनामा हत्या प्रयास नभई बालिकाले आत्महत्या प्रयास गरेको ईन्चार्ज भण्डारीको दावी छ । ‘पीडित वालिका र आरोपीबिच प्रेम सम्बन्ध रहेछ, दुई÷तीन पटक शारीरिक सम्बन्ध पनि भएको रहेछ’ भण्डारीले भने ‘तिनीहरुको बिहे गर्ने सहमति पनि भइसकेको रहेछ ।’

त्यो दिन राति फोनमा आरोपी प्रहरी जवानले ‘म तिमीसंग बिहे गर्दिन’ भनेपछि उनले आत्महत्या गर्ने प्रयास गरेकी भण्डारीको दावी छ । भण्डारीले बालिका नजिकैको रुखमा झुण्डिएको अवस्थामा उनका बुवाले देखेपछि प्लाष्टिकको डोरी उनैले काटेको बताएका छन् । उनी भन्छन् ‘त्यो रस्सी हामीले नियन्त्रणमा लिएका छौं ।’

कात्तिक १४ गते बिहान ८ बजे छोरीले आत्महत्या प्रयास गरेको भन्दै उनकी आमा प्रहरी पोष्टमा आएको इन्चार्ज चन्द्रसिंह भण्डारी बताउँछन् । ‘त्यस बेला प्रहरी जवान सिंहका कारण आत्महत्या प्रयास गरेकाले छोरी मरेपनि बाँचे पनि जिम्मेवारी लिनुपर्छ भन्नुभएको हो’ उनले भने ‘घटनास्थल पुग्दा किशोरीकी आमाले भिमलको रुख र डोरी देखाउँदै यहीबाट आत्महत्या गर्न खोजेको हो समेत भन्नुभएको हो ।’

सुरुमा बालिकाको परिवारले सिंहले छोरीसँग विवाह गर्नुपर्ने अडान लिएको र त्यति बेला बालिकाको उपचार प्राथमिकतामा रहेकाले त्यसै अनुसार धनगढी लगिएको भण्डारीको भनाइ छ । ‘बालिकाको बुवाले छोरीलाई ठीक भइसक्यो म १७ गते आउँछु, अनि बसेर कुरा गरौंला भनेर फोनमा भन्नुभएको थियो’ भण्डारी भन्छन् ‘तर पछि के भयो जिल्ला प्रहरी कार्यालय गएर जवरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी दिएछन् ।’

दोषीलाई कारवाही हुन्छ : सिंह

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दोषी जो कोही भएपनि कानुन अनुसार कडा कारवाही हुने बताएका छन् ।

‘आरोपीलाई राति नै पक्रेर जिल्ला पुर्‍याइसकिएको छ, अदालतबाट पाँच दिन म्याद थप भई अनुसन्धानको कार्य सुरु भइसकेको छ’ निमित्त प्रमुख सिंहले भने ‘यदि अपराध उसले गरेको हो भने प्रहरी कर्मचारी भएकै कारण उसले कुनै उन्मुक्ति पाउँदैन ।’

सिंहले प्रहरीले अन्य आरोपीसंग गर्ने व्यवहार उनीसंग पनि गर्ने बताए । सिंहले थपे ‘प्रहरी संगठन जनताको रक्षकनै हो, कुनै व्यक्तिले गल्ती गर्दैमा प्रहरी भक्षक हुँदैन, दोषीलाई कारवाही हुन्छ ।’

‘एक व्यक्तिका कारण सिंङ्गो प्रहरी संगठन बदनाम हुनु हुँदैन’ सिंहले भने ‘अनुसन्धान निष्पक्ष रुपमा हुने कुरामा विश्वस्त रहन म पीडित बालिकाका आफन्तहरुलाई आग्रह गर्दछु ।’

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अस्थायी प्रहरी पोष्ट गडसेराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक भण्डारीलाई जिल्ला तानेर घटनाबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको समेत जानकारी दिए ।

उनले भने ‘भण्डारीको भूमिकाबारे पनि कुरा उठेपछि उनलाई जिल्लामा तानेर सोधपुछ गर्न लागिएको हो ।’

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: