समाचारमा बालबालिका

बलात्कारको आरोपमा दुई पक्राउ

https://www.setopati.com/social/220521, फुङ्लिङ, कात्तिक १६

ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा  प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन्।