A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीद्वारा किशोर कुटिए

https://ekantipur.com/pradesh-2/2021/06/13/162355147179782840.html  जेष्ठ ३०, २०७८

बारा — निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले किशोरलाई कुटपिट गरेका छन् । बाराको कलैया बजारमा ड्युटीमा रहेका प्रहरीले शुक्रबार कलैया–१ का शिवनारायण साहको छोरा १६ वर्षीय आलोकलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट किशोरको बायाँ हातमा चोट लागेको थियो । उनी सातु किन्न बजार गएका थिए । चोट लागेपछि प्रहरीले कलैयास्थित बारा नर्सिङ होममा उपचार गराएर किशोरलाई अभिभावकको जिम्मा लगाएको छ । किशोरलाई कुटपिट भएपछि कलैया बजारका व्यापारीहरूले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । थप प्रहरी परिचालन गरेर प्रहरीले किशोरलाई अस्पताल लगेको हो ।

कुटपिटमा संलग्न प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । ‘१६ वर्षीय बालकलाई लखेट्ने क्रममा हवल्दारको लट्ठी चिप्लिएर सामान्य चोट लाग्यो, त्यसपछि तत्कालै एक्सरे गरेर हेर्दा खासै केही भएको रहेनछ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भने, ‘बजारका केही व्यक्तिले एकछिन अनावश्यक तनाव पैदा गराए । प्रहरीको ड्युटीबाट अतालिएका कमाउने केही व्यापारीले उक्साएको रहेछ ।’

आलोकका बुबा कलैया बजारमा चिया बिक्री गरेर गुजारा गर्दै आएका छन् । बुबा शिवनारायणले प्रहरीले गराइदिएको उपचार र स्थानीय तथा प्रहरीको आग्रहले चित्त बुझाउनुपरेको बताए । ‘प्रहरीले इन्साफ दिने भनेको छ,’ उनले भने, ‘इन्साफ नदिएको ठाउँमा सोचौंला ।’

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: