A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु

https://www.onlinekhabar.com/2021/06/973349 २०७८ असार ९ 

९ असार, जनकपुरधाम । सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजु-भाइको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको सर्लाही प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएको थियो ।

यद्यपि अस्पताल पुर्‍याउनेवित्तिकै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दाजुभाइको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: