समाचारमा बालबालिका

कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु

https://www.setopati.com/social/241779 असार १४

कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ। 

सोमबार बेल्डाँडी गाउँपालिका–५ झिलमिलाको चौधर नदीमा नुहाउने क्रममा बेपत्ता भएका सोही गाउँपालिका–१ का १५ वर्षीय करन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालकको शव पोष्टमार्टमको लागि बेलौरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए।