समाचारमा बालबालिका

चौधसय भन्दा बढी बालबालिका जोखिममा

रातोपाटीमा प्रकाशित,१ साउन, जाजरकोट ।

जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो ।

Read More

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

नयाँ पत्रिकामा प्रकाशित,१ साउन, काठमाडौं ।

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए ।

Read More

विद्यार्थी गएल भएपछि जरिवाना

राजधानी दैनिकमा प्रकाशित,२४ असार, सल्यान ।

सल्यानको एक विद्यालयका बिद्यार्थीहरु बिद्यालयमा गएल भएपछि जरिवाना तिर्दै आएका छन् । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा–२ फूलबारी भँडारेमा रहेको सिद्ध माद्यामिक बिद्यालयका बिद्यार्थीहरुले आफु बिद्यालयमा अनुपस्थित भए पछि जरिवाना तिर्दै आएका हुन् ।

Read More

लमजुङका ३ दशमलव २ प्रतिशत बालबालिका विद्यालयबाहिर

नयाँ पत्रिकामा प्रकाशित,२१ असार, लमजुङ ।

जिल्लामा विद्यालय जाने उमेर समूहका ३ दशमलव दुई प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

Read More

काठमाडौंमा ६ हजार बालबालिका विद्यालय बाहिर

कान्तिपुरमा प्रकाशित,१९ असार, काठमाडौं ।

यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि पनि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको हो । 

Read More

एसईई नतिजा : १.६–२.० ल्याउने धेरै

कान्तिपुरमा प्रकाशित,१० असार, काठमाडौँ ।

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार साँझ प्रकाशित गरेको छ । कार्यालयका अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका ४ लाख ५१ हजार ५ सय ३२ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।

Read More

एसईई नतिजा झन् खस्कियो

कान्तिपुरमा प्रकाशित,१० असार,काठमाडौं ।

अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।

 

Read More

दिवा खाजाले बढ्यो विद्यालयप्रति कुमाल समुदायका विद्यार्थीको आकर्षण

थाहा खबरमा प्रकाशित,७ असार, पाल्पा ।

दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ जोगिथुमका बालबालिकाहरू नियमित विद्यालय जान थालेका हुन्।

 

Read More

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानी सत्रमा पढाइ

थाहा खबरमा प्रकाशित,३० जेठ, गोरखा ।

जिल्लाको गोरखा नगरपालिका १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा बुधबारदेखि विहानी सत्रमा पठनपाठन सुरु गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुनथालेपछि विद्यालयले विहानी सत्रमा पठनपाठन सुरु गरेको हो।

 

Read More

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

नागरिक न्युजमा प्रकाशित,२९ जेठ, पर्सा ।

एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ। वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। 

Read More

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

रातोपाटीमा प्रकाशित,२८ जेठ, पर्वत ।

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । 

Read More

धुलोमै बसेर पढ्न बाध्य छन् जाजरकोटका विद्यार्थी

थाहा खबरमा प्रकाशित,२६ जेठ, जाजरकोट ।

दुर्गादेवी आधारभूत विद्यालय कुशे गाउँपालिकाको सदरमुकाम भार्माको विद्यालय हो। कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्, हवाइजहाज ग्राउन्ड (एरर्पोट) जस्ता पूर्वाधार विकासले गाउँपालिका सदरमुकाम भार्माको परिचयलाई बदल्न खोजिएको छ, तर परिचय बदलिएको सदरमुकाम भार्मामा रहेको दुर्गादेवी आधारभुत विद्यालयको अवस्था भने उस्तै छ।

Read More

प्रधानमन्त्रीले भने, प्रारम्भिक बालविकास सरकारको उच्च प्राथमिकता

कान्तिपुरमा प्रकाशित,२२ जेठ, काठमाडौं ।

 एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीति मञ्चको बैठक मंगलबारबाट राजधानीमा सुरु भएको छ ।

Read More

कक्षा कोठामा कहिले गाईगोरु, कहिले जन्ती

अनलाइनखबरमा प्रकाशित,२१ जेठ, पर्सा ।

पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ ।

Read More

दलित विद्यार्थीले पाउने भए गुरुकुलमा भर्ना

थाहा खबरमा प्रकाशित,२१ जेठ, झापा ।

यसअघि दलित विद्यार्थीलाई भर्ना लिन नमानेको भद्रपुर नगरपालिका–६ स्थित श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई भर्ना लिएको छ।

 

Read More

विद्यार्थी दिनहुँ बिरामी

कान्तिपुरमा प्रकाशित,२१ जेठ, रुकुम (पश्चिम)।

बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो  विरामी विद्यार्थी पर्न थालेका हुन् । 

Read More

भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका

नागरिक न्युजमा प्रकाशित,२० जेठ, काठमाडौं ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन ।

 

Read More

मापदण्डअनुसार छैनन् स्कुल बस

कान्तिुरमा प्रकाशित,१९ जेठ, रौतहट ।

निजी विद्यालयले विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्ने सवारी साधन मापदण्ड विपरीत भएको पाइएको छ । जिल्लाका ठूला तथा साना निजी विद्यालयले भाडा वा निजी रूपमा सञ्चालन गरेका बसहरू मापदण्डअनुसारका छैनन् । उनीहरूले पुराना थोत्रा बस सञ्चालन गर्दै आएका छन् ।

Read More

एउटै कोठामा चारवटा कक्षाको पढाइ एकैसाथ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ जेठ, जनकपुरधाम ।

धनुषाको एक विद्यालयमा भवन अभावका कारण एउटै कोठामा चारवटा कक्षा एकै समय संचालन हुँदै आएका छन्। जिल्लाको बटेश्वर गाउँपालिका-२ भूचक्रपुरको श्री जनप्रिय माध्यमिक विद्यालयमा एउटै कोठाभित्र चारवटा कक्षाका विद्यार्थीलाई चारजना शिक्षकले एकै समय पढाउने गरेका छन्।

Read More

विद्यार्थी विरामी हुन थालेपछि विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,१७ जेठ, रुकुम पश्चिम ।

धमाधम विद्यार्थी विरामी हुन थालेपछि जनएकता आधारभूत विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, लागिममा रहेको विद्यालयमा जेष्ठ १३ गतेदेखि विद्यार्थी विरामी हुन थालेका थिए ।

 

Read More