A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqiq44bp11p713u92ll4lvgjffbgkbu1h): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय गाभिएपछि बालबालिकालाई सकस

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० मंसिर, सुर्खेत ।

विद्यालय मर्ज हुन थालेपछि बालबालिकालाई सकस भएको छ। अधिकांश बालबालिकालाई हिँडेर विद्यालय पुग्न समस्या हुने गरेको हो। शिक्षकको अनुपातमा विद्यार्थी संख्या न्यून भएको भन्दै स्थानीय तहले कर्णालीका अधिकांश विद्यालय मर्ज गरिरहेका छन्। सुर्खेतमा दर्जनभन्दा बढी विद्यालय गाभिएका छन्।

Read More

६ महिनाका लागि बन्द भए डोल्पाका विद्यालय

उज्यालो अनलाइनमा प्रकाशित,८ मंसिर, डोल्पा ।

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन्। 

Read More

विद्यार्थी आकर्षित गर्न खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ मंसिर, दमौली ।

म्याग्दे गाउँपालिकाले सबै आधारभूत तहका विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी अभाव हुने गरेको छ।

Read More

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

नागरिक न्युजमा प्रकाशित,४ मंसिर, धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् । किनकि अन्य सन्तान अध्ययनका लागि गाउँदेखि टाढा गएका छन्।

Read More

महिनाबारीले रोकिँदैन पढाइ

नागरिक न्युजमा प्रकाशित,२ मंसिर,धादिङ ।

महिनाबारी हुने समय आएपछि विद्यालय जाने कि नजाने, गए पनि कसरी दिन कटाउने भन्ने समस्याले गल्छी गाउँपालिका –८,गोगनपानीकी समिता तामाङलाई सताउने गथ्र्यो। विद्यालय गएपछि केही समस्या होला कि भन्ने चिन्ताले महिनाबारी भएका बेला उनी पढाइनै छाडिदिन्थिन्।

Read More

एक विद्यालय एक नर्स, यस्तो हुनेछ नर्सको जिम्मेवारी

थाहा खबरमा प्रकाशित,२१ कार्तिक, सिन्धुपाल्चोक ।

प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्सु कार्यक्रम सुरु गरेको छ। जसअनुसार पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ।

Read More

विद्यालयमा बगैंचा अनिवार्य

कान्तिपुरमा प्रकाशित,२१ कार्तिक, काठमाडौं ।

देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ ।

Read More

अब विद्यालय आवासीय

कान्तिपुरमा प्रकाशित,१५ कार्तिक, म्याग्दी ।

गण्डकी प्रदेशका सबै सामुदायीक विद्यालयका विद्यार्थीलाई अब अनिवार्य आवसीय शिक्षा दिइने भएको छ । प्रदेश सरकारले दुर्गम पहाडी क्षेत्रका वल्लो र पल्लो डाँडामा छरिएर रहेका बस्तीमा अवस्थित विद्यालयलाई पायक पर्ने विद्यालयमा गाभेर आवासीय अध्ययन, अध्यापन गराउने नीति ल्याउन लागेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् ।

Read More

नाङ्गो खुट्टामै स्कुल

कान्तिपुरमा प्रकाशित, १२ कार्तिक, मकवानपुर ।

मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । 

Read More

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

रातोपाटीमा प्रकाशित,११ कार्तिक, उदयपुर ।

उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । 

Read More

विपन्न विद्यार्थीको शिक्षामा जनप्रतिनिधिको सहयोग

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,५ कार्तिक, बेनी ।

बेनी नगरपालिस्थित वडा नम्बर ६ का जनप्रतिनिधिले राज्यले दिएको सुविधाबाट गरिब, विपन्न र अनाथ बालबालिकाको लागि अक्षयकोष स्थापना गरेका छन् ।

Read More

गाउँमा नमुना विद्यालय

कान्तिपुरमा प्रकाशित,२६ असोज, मकवानपुर ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ग्रामीण भेगको एक सामुदायिक विद्यालयमा एउटा कक्षाका लागि एउटा भवन छ । ४० विद्यार्थी क्षमताको एउटा कक्षाका लागि एउटा भवन निर्माण गरिएको हो । 

Read More

विद्यार्थी चापले कक्षापिच्छे सेक्सन

कान्तिपुरमा प्रकाशित,२५ असोज, रुकुम पश्चिम ।

आठबीसकोट नगरपालिका–५, मिगृको सरस्वती माध्यमिक विद्यालयले आधारभूत तहका हरेक कक्षामा सेक्सन बाँडफाँड गरेको छ। विद्यालयले बाल विकासदेखि ८ कक्षा सम्मका सबै कक्षाको सेक्सन बाँडेर पठनपाठन गराइरहेको छ । 

Read More

अभिभावकको पहलमा स्कुल खाजा

कान्तिपुरमा प्रकाशित,२१ असोज, भक्तपुर ।

सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।

Read More

विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम बढ्दै

न्युज २४ मा प्रकाशित,२१ असोज, बाँके ।

उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो ।

Read More

सामुदायिकमा छात्रा नियमित

कान्तिपुरमा प्रकाशित,१९ असोज, धनकुटा ।

सहिदभूमि गाउँपालिकाको खोकुस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको अधिकांश कक्षा कोठा छात्राले भरिभराउ हुने गर्छन् । विद्यालयको हरेक कोठामा छात्रको तुलनामा दुई गुना बढी छात्रा उपस्थित हुन्छन् ।

Read More

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध

कान्तिपुरमा प्रकाशित,१८ असोज, धनुषा ।

महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् ।

Read More

म्याग्दीमा टेलिटिचिङः एकै शिक्षकले दुई स्कुलमा सँगै पढाउन मिल्ने

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ असोज, म्याग्दी ।

ज्ञानप्रकाश मावि र कैलाश मावि छुट्टाछुट्टै गाउँका स्कुल हुन् । अन्नपूर्ण गाउँपालिकाभित्रै परे पनि यी २ स्कुलको दुरी टाढै छ । ज्ञानप्रकाश दानागाउँमा छ भने कैलाश दोबा गाउँमा पर्छ । फरक ठाउँमा यी दुई स्कुलमा बुधबार सन्तोष पौडेलले एकै समयमा पढाए ।

Read More

जो विद्यालय जादैनन्

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१७ असोज, तेह्रथुम ।

काँधमा झोला बोकेर ‘जय गोरखनाथ’ भन्दै म्याङलुङ बजारका प्रत्येक घर– घर धाउँछन्, फेदाप ओयाक्जुङका १४ वर्षीय भानुभक्त जोगी। ३ कक्षासम्म पढेका भानुभक्त बुवा देवरानारायसँगै फेरी लगाउन बजार र गाउँ घुम्ने गर्छन्। 

Read More

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

नयाँ पत्रिकामा प्रकाशित, १६ असोज, डोटी ।

सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका क्षेत्रका अनाथ बालबालिकालाई पढाइ खर्चबापत प्रत्येक महिना १५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: