समाचारमा बालबालिका

सीमाका बालबालिका पढ्न भारत

कान्तिपुरमा प्रकाशित,३० बैशाख, कैलाली।

कैलालीको मोहना नदीपारिको हौसलपुरका बालबालिका भारतको सीमावर्ती गाउँको विद्यालयमा पढ्न जान्छन् । गाउँमा विद्यालय नभएकोले यहाँका बालबालिकाले शिक्षाको आरम्भ भारतीय स्कुलबाटै गर्नुपर्ने बाध्यता छ।

Read More

स्कुल भर्ना भए रविन

कान्तिपुरमा प्रकाशित,३० बैशाख, कास्की।

अपांगता भएकै कारण भर्नाबाट वञ्चित रविन परियार आइतबारदेखि स्कुल जान थालेका छन् । सुरक्षाको कारण देखाउँदै घरमै बसेर पढ्न भनेको छोरेपाटन माविले नै ६ वर्षीय रविनलाई केजी कक्षामा पढाउन थालेको हो।

Read More

यार्सा टिप्न लेकतिर लर्को, विद्यालय बन्द

अनलाइन खबरमा प्रकाशित,२७ बैशाख, बझाङ।

विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन्।

Read More

गाउँपालिकाको लापरवाहीले ४ हजारबढी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ बैशाख, सिन्धुली।

गाउँपालिकले चरम लापरबाही गर्दा गोलन्जोर गाउँपालिकाका ४ हजार ६ सय ११ जना विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन्।शैक्षिक शत्र २०७४/०७५ मा गोलन्जोर गाउँपालिका भित्रका १ सय १३ वटा विद्यालयका छात्रा, दलित र अपाङ्ग बालबालिकाहरुले प्रोत्साहनस्वरुप पाउने छात्रवृत्ति नपाएका हुन्।

Read More

लोकप्रिय बन्दै छोरी शिक्षा बिमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ बैशाख, जनकपुरधाम ।

तीनमहिने निभा सदा खुसीले गद्गद् देखिन्थिन्। पैंतीस वर्षीया सरीतादेवी सदा आफू पढ्न नपाएको दुःख छोरीलाई साक्षी राख्दै पोख्दै थिइन्। उनले छोरीको निधार सुमसुमाउँदै तोते बोलीमा भन्दै थिइन्, जिन्दगीमा मजस्तो दुःख तिमीले भोग्नु पर्दैन।

Read More

हावाहुरीले पूर्वी नवलपरासीका विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२० बैशाख, नवलपरासी।

हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो।

Read More

निजी विद्यालय छाडेर सामुदायिकमा

कान्तिपुरमा प्रकाशित,११ बैशाख, धनकुटा ।

डेढ घण्टाको उकाली ओराली काटेर विद्यालय धाउँदै आएकी ४ कक्षामा अध्ययनरत ९ वर्षीया मुना कार्की अब केहीबेरमैै विद्यालय पुग्ने भएकी छन् । घरैनजिकबाट आफ्नै विद्यालयको बस चल्न थालेपछि उनलाई सजिलो भएको हो।

Read More

कापीकलम किन्न निहुरो बेच्दै

कान्तिपुरमा प्रकाशित,१० बैशाख, लमजुङ ।

दायाँ हातमा गह्रौं जेब्रा झोला छ । पिठ्युमा बोराको भारी । बेंसीसहरको मनाङे चौताराबाट आफ्नै सुरमा आएका बालक त्रिवेणी टोल आएपछि भारी बिसाउछन् । जेब्रा झोलामा नाम्लो राख्छन् । झोलाभित्र पाइन्ट, पेटी राखिएको हुन्छ । चोयाले बाधेर ल्याएको बोराको मुख खोल्छन् । देखिन्छन्, मुठाका मुठा कालो निहुरो।

Read More

डडेल्धुरा साक्षर जिल्ला घोषित

अनलाइनखबरमा प्रकाशित,९ बैशाख, डडेल्धुरा।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका हुन्।

Read More

बोर्डिङ छाडेर सरकारीमा

कान्तिपुरमा प्रकाशित,९ बैशाख, काठमाडौँ ।

बौद्ध महांकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारीकमला राईका अनुसार वैशाख पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन्।

Read More

छोराछोरी नपढाउनेलाई सेवासुविधा रोकिने

कान्तिपुरमा प्रकाशित,६ बैशाख, हेटौंडा ।

छोराछोरी स्कुल भर्ना नगर्ने अभिभावकलाई राक्सिराङ गाउँपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो।

Read More

विद्यालयमा मोबाइल प्रतिबन्ध

नागरिक न्युजमा प्रकाशित,५ बैशाख, सोलु ।

शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

Read More

सरकारी विद्यालयमा थेगिनसक्नु चाप

कान्तिपुरमा प्रकाशित,५ बैशाख, काठमाडौँ ।

वैशाख लागेसँगै सबै विद्यालयलाई नयाँ शैक्षिक सत्रको चटारो छ । निजीले चैतबाटै भर्ना खोलेका छन्, सामुदायिकमा भर्ना अभियान जारी छ । सरकारले विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरणको अभियान भनेको छ।

Read More

सरकारीलाई विद्यार्थी टिकाउने चिन्ता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ बैशाख, काठमाडौं।

डेढ दशकदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय विद्यार्थी भर्ना अभियान सरकारले यस वर्ष पनि सञ्चालन गर्‍यो। तर भर्ना भएका विद्यार्थीलाई स्कुलमा टिकाइराख्ने वातावरण नबन्दा सबै नागरिकलाई शिक्षा दिने सरकारको लक्ष्य अपूर्ण भएको छ।

Read More

विद्यार्थी भर्ना अभियान सुरु हुँदै

उज्यालो अनलाइनमा प्रकाशित,२ बैशाख, काठमाण्डौ।

सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो।

Read More

सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्रीकी छोरी

थाहा खबरमा प्रकाशित,१ बैशाख, मुगु ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए। विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए। ठिल्लेका बुवा छैनन्। आमा, बाजेबजै र एक बहिनी छन्।

Read More

प्रदेश १ का सरकारी विद्यालयमा नर्सिङ सेवा, पहिलो चरणमा खटिए १४ नर्स

अनलाइनखबरमा प्रकाशित,२५ चैत, बिराटनगर ।

प्रदेश नं. १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ । पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

Read More

सुध्रिँदै सहरका स्कुल

कान्तिपुरमा प्रकाशित,२५ चैत, लमजुङ।

कुनै बेला सामुदायिक स्कुलमा घण्टी बजेको १०र१५ मिनेटमा शिक्षक आउँथे । कालोपाटीमा सेतो चकले लेख्थे । एकजना विद्यार्थीको किताब लिन्थे। सरसर्ती पढाउँथे । घण्टी नबज्दै कक्षाकोठाबाट बाहिरिन्थे।

Read More

तनाव भुल्दै एसईईमा

कान्तिपुरमा प्रकाशित,२४ चैत, सिमरा।

बस्न घर छैन । खान अन्न छैन । हावाहुरीले मच्चाएको वितण्डा दिमागमा ताजै छ । जसोतसो सम्हालिँदै हावाहुरी प्रभावित क्षेत्रका विद्यार्थीले एसईई परीक्षा लेख्दै छन्।

Read More

प्रदेश २ मा एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१८ चैत, काठमाडौं ।

स्थगित गरिएको प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको  हो।

Read More