A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfvoifv9csd9qb542om6tkg9nh0c3k5sb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दिवा खाजाले बढ्यो विद्यालयप्रति कुमाल समुदायका विद्यार्थीको आकर्षण

दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ जोगिथुमका बालबालिकाहरू नियमित विद्यालय जान थालेका हुन्। सोही ठाउँमा रहेको कालिका आधारभूत विद्यालयले कक्षा संचालन भएको दिन नास्ता खाने व्यवस्था मिलाएपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेको विद्यालयका प्रधानाध्यापक सुरेश बहादुर कुमालले बताए। यस विद्यालयमा अध्ययन गर्न आउने बालबालिका अति विपन्न कुमाल समुदायका रहेको उनले बताए। अभिभावक ज्याला मजदुरीको लागि दैनिक छिमेकी जिल्ला रिडीमा जाने गर्दछन् प्रअ कुमालले भने बाबालिकालाई विद्यालय पठाउने घरमा कोहि अभिभावक नहुँदा उनीहरू विद्यालय आउन सकेका थिएनन्। उनका अनुसार यसअघि यहाँका बालबालिका नजिकै रहेको विद्यालय पढ्न नगएर धुलोमाटोमा खेल्ने गर्दथे। रिब्दीकोट गाउँपालीका सहित जिल्लामा रहेका विभिन्न संस्था र व्यक्तिले सहयोग गरी दिवा खाजाको व्यवस्था मिलाएपछि अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन थालेका छन्। म र श्रीमति मेलो गर्न प्रत्येक दिन बिहानै रिडी बजारतिर जान पर्ने बाध्यता छ स्थानीय धनबहादुर कुमालले भने घरमा बसेका छोराछोरी विद्यालय नजाँदा रहेछन्। उनले थपे अहिले दिउँसोको समयमा नास्ता खाने व्यवस्था मिलाएपछि छोराछोरी आफै विद्यालय जान थालेका छन्। गत जेठ एक गतेबाट यो विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो। गत आर्थिक वर्षमा दैनिक बढीमा ७०/८० जना मात्र बालबालिका पढ्न आउने गर्दथे विद्यालयका प्रअ कुमालले भने अहिले सबै विद्यार्थी आउने गर्छन्। हाल विद्यालयमा एक सय ३० जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीलाई दैनिक रुपमा फरक–फरक नास्ता खुवाउने गरिन्छ। कुन दिन कस्तो नास्ता खाने भन्ने तालीका नै बनाइएको छ। जसअनुसार आइतबार चना अण्डा, सोमबार चाउमिन, मंलबार रोटी तरकारी, बुधबार हलुवा, बिहिबार पुलाउ तरकारी र शुक्रबार फलफुल विद्यार्थीलाई नास्ताको रुपमा खुवाउने गरिन्छ।

एक सय १७ घरपरिवार रहेका जोगीथुममा एक सय १२ घर कुमाल समुदाय र पाँच घरपरिवार मगर समुदायका रहेका छन्। जिल्लाको अति विकट मानिने यहाँका अधिकांश स्थानीयले रिडी घाटमा गएर बालुवा चाल्ने लगायतका बजारमा अन्य सामान्य मजदुरी गर्दछन्। जोगीथुममा रहेका कुमाल समुदायलाई चेतनाको अभावले कमाएको पैसाले मादक पदार्थ सेवन गरेर फजुल खर्च गर्ने तर किताब कापी किनेर छोराछोरी विद्यालय नपठाउने गरेको वडा अध्यक्ष विष्णु गैरेले बताए। विकट, गरीब, अशिक्षित अभिभावक भएकोले पनि यहाँका अभिभावकलाई छोराछोरी विद्यालय पठाउन पर्छ भन्ने भावना नभएको उनले बताए। उनले भने विभिन्न सरोकारवाला निकाय र प्रहरी समेत गाउँमा पुर्‍याएर सचेतनामूलक कार्यक्रम संचालन गरेपछि मादक पदार्थ सेवनमा कमी आएको छ भने छोराछोरीलाई नियमित विद्यालय पठाउन थालेका छन्। रिब्दीकोट गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले गएको जेठ एक गतेदेखि आगामी चैत मसान्तसम्म यहाँका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गाउँपालीकाले गरिदिएको बताए। अहिले दैनीक २० रुपयाँका दरमा प्रत्येक विद्यार्थीलाई नास्ता खुवाउने व्यवस्था मिलाएका छौ उनले भने अर्को वर्षदेखि पोषणयुक्त नास्ताको व्यवस्था मिलाउने योजनामा रहेका छौ।

२०७५ असार ७ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: