A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongk70ug09qnnsvi7pvkl2po0t912vengh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चौधसय भन्दा बढी बालबालिका जोखिममा

जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिनुभयो । यस्ता बालबालिका बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले जानकारी दिनुभयो । यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्या भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको पाइएको छ । आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ । कुशे गाउँपालिका भित्रका सबै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यो आवमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ । यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको वजेट विनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ । आजदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको कामसमेत प्रभावित हुने देखिन्छ । 

२०७५ साउन १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: