समाचारमा बालबालिका

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

रातोपाटीमा प्रकाशित,१५ जेठ, स्याङ्जा ।

विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । 

Read More

विद्यार्थीको नियमित उपस्थिति न्यून

कान्तिपुरमा प्रकाशित,१५ जेठ, कञ्चनपुर ।

बेलौरी नगरपालिका १० भुडास्थित भगवानपुर माविमा यस वर्ष ६० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । आधाभन्दा बढी त निजी विद्यालय छाडेर आएका पनि छन् ।

Read More

यार्चाले पढाइ अधुरो

कान्तिपुरमा प्रकाशित,१३ जेठ, मुगु/डोल्पा ।

मुगमकार्मारोङ गाउँपालिकाका २६ सामुदायिक विद्यालय अहिले सुनसान छन् । बालबालिका यार्चा टिप्न पाटनतिर लागे । पढाउन नपर्ने भएपछि शिक्षकलाई पनि हाइसन्चो छ ।

Read More

स्कुलमा एक भारी दाउरा बुझाएपछि वर्षभरी खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ जेठ, धादिङ ।

विद्यालयमा दाउरा लानुपर्ने त होइन। विद्यालयले दाउरा किन्ने पनि होइन। तर, एक भारी दाउरा अनिवार्य विद्यालयमा लानुपर्ने नियम बनाइएपछि दाउराका  भारी स्कुल पुर्‍याउनु परेको हो।

 

Read More

एकै कोठामा पढ्छन् १०१ विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ जेठ, जाजरकोट ।

साँघुरो सानो कोठा। न डेस्क, न बेन्च। त्यही कोठामा १०१ जना विद्यार्थी कोचाकोच गरेर बसिरहेका छन्। किताब, कापी र झोला राख्ने ठाउँसमेत छैन, तैपनि विद्यार्थी त्यस्तै कोठामा बसेर अध्यापन गर्न विवश छन्।

 

Read More

एकै कोठामा पढ्छन् दुइटा कक्षाका विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ जेठ, सिरहा ।

लहान नगरपालिका–१६ तरेगनास्थित आधारभूत विद्यालयको एउटा कोठामा दुवैतिर डेस्क–बेन्च राखिएका छन्। विद्यार्थी पनि दुवैतर्फ छन्। एउटा कोठामा बस्ने विद्यार्थी भने एकै कक्षाका होइनन्, उनीहरू अलग–अलग कक्षाका हुन् ।

Read More

पढाइ छोडेर पर्यटक घुमाउँदै

कान्तिपुरमा प्रकाशित,१० जेठ, मुगु ।

 रारा ताल वरपरका क्षेत्रका बालबालिकाले पढाइ छोडेर पर्यटकलाई घोडामा घुमाउन थालेका छन् । यहाँका मुर्मा, झयारी, टोप्ला, सिगाडी, पिना, माथितुम, तलितुम, कार्कीबाडा, मुन्दु, कोटिला लगायतका बालबालिकाले पर्यटकलाई घोडामा घुमाउन थालेका हुन् ।

Read More

भेदभावको नमुना : छोरा बोर्डिङमा, छोरी सामुदायिक विद्यालयमा

नयाँ पत्रिकामा प्रकाशित,१० जेठ, रुपन्देही ।

रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् ।

Read More

विद्यालय छोडेर यार्चा टिप्न डोल्पा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० जेठ, डोल्पा ।

डोल्पाका हिमाली पाटनमा यति बेला मानिसको घुइँचो लागेको छ।यार्चागुम्बा टिप्नका लागि डोल्पा जिल्ला मात्र नभएर छिमेकी जिल्ला रुकुमम, जाजरकोट सुर्खेत, दैलेख, जुम्ला, सल्यान, नेपालगञ्ज, रामेछाप,  धादिङ्गलगायत अन्य विभिन्न जिल्लाबाट डोल्पाका हिमाली पाटनमा पुगेका छन्। 

Read More

अल्पसंख्यक समुदायका बालबालिका विद्यालयबाहिरै

नयाँ पत्रिकामा प्रकाशित,९ जेठ, बाँके ।

सरकारले भर्ना अभियान र अभिभावकत्व ग्रहणको कार्यक्रम सञ्चालन गरे पनि बाँकेका अल्पसंख्यक मगन्ता, चिडिमार, खटिक, घसियार र थत्थरकट्टा (कुचबधिया) समुदायका बालबालिका अझै विद्यालयबाहिर रहेका छन् । 

Read More

विद्यालय जाँदैनन् माझी बालबालिका

राजधानी दैनिकमा प्रकाशित,७ जेठ, तेह्रथुम ।

तमोर नदी किनारमा रहेको जिल्लाको आठराई गाउँपालिका छातेढुंगा माझी गाउँका बालबालिका गाउँमै विद्यालय भए पनि निरन्तर जाँदैनन् । माझी बस्तीका बालबालिकाले विद्यालय टाढा भएर पढ्न नपाएको भन्दै स्थानीयले २०५४ सालमा गाउँमै विद्यालय खोले पनि माझीका बालबालिका नियमित रूपमा विद्यालय जाँदैनन् ।

Read More

५० हजार बढी बालबालिका अझै विद्यालय बाहिर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ जेठ, काठमाडौं ।

सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ। वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।

 

Read More

७०७ बालबालिकाले पाए अभिभावक

कान्तिपुरमा प्रकाशित,६ जेठ, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।

Read More

यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालय

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३ जेठ, डोल्पा ।

डोल्पा जिल्लाका हिमाली पाटनमा यार्चा टिप्न गएका विद्यार्थीका लागि घुम्ती विद्यालयको व्यवस्था गरिएको छ।पढाइ छोडी बालबालिका अभिभावकसँगै यार्सा टिप्न गएपछि पढाइमा वाधा नहोस् भनी घुम्ती विद्यालयको व्यवस्था गरिएको हो ।

 

Read More

यार्सा संकलनका लागि विद्यार्थी लेकतिर, विद्यालय सुनसान

नयाँ पत्रिकामा प्रकाशित,२ जेठ, जुम्ला ।

जुम्लाका पूर्वी भेग पातारासी गाउँपालिकाका विद्यार्थीहरु यार्सा संकलनका लागि लेकतिर गएपछि विद्यालय सुनसान बनेको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण यार्सा संकलनका लागि लेकतिर गएपछि उनीहरुका बुवा आमाहरुसँग विद्यार्थीहरु पनि यार्सा सकंलनका लागि लेकतिर गएका हुन् ।

Read More

विद्यालय शिक्षाका लागि नयाँ पाठ्यक्रम आउँदै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ जेठ, काठमाडौं ।

विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल) को व्यवस्था गर्न लागेको छ। शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारूपमा यस्तो व्यवस्था गरिएको हो।

Read More

विद्यालय बन्द गरेर जन्तीलाई बास

उज्यालो अनलाइनमा प्रकाशित,३१ वैशाख, सिरहा ।

सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती) लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो ।

Read More

जाजरकोटको एक विद्यालय, जहाँ पोशाक आफै किनेर विद्यार्थी पढाइन्छ

थाहा खबरमा प्रकाशित,१९ वैशाख, जाजरकोट ।

यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१० डोल्पा स्थित कान्जिरोवा आधारभूत विद्यालयका विद्यार्थीहरुको पोशाक नभएर विद्यालय नआउने समस्या हल भएकोछ। विद्यालयका शिक्षकहरु आफैले रकम उठाएर गरीब विद्यार्थीहरुका लागि पोशाक किनेर उपलव्ध गराउँदा यहाँका गरीब वालवालिका विद्यालयमा रमाइ–रमाइ आउन थालेका छन्।

Read More

कोचिएर पढ्न बाध्य छन् बालबालिका

नागरिक न्युजमा प्रकाशित,१७ वैशाख, चितवन ।

चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैँ एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन्। राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् ।

Read More

विद्यार्थी भर्ना अभियानः दलित समुदायका बालबालिका विद्यालय जान थाले

रातोपाटीमा प्रकाशित,१६ वैशाख, महोत्तरी ।

विद्यार्थी भर्ना अभियानको प्रभावले महोत्तरीका दलित समुदायका बालबालिका विद्यालयसम्म जान सक्षम भएका छन् । जिल्लाको गौशाला नगरपालिका–९ मुसलमान बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका अहिले नियमितरुपमा दुई किमीको दूरीमा रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नियमितरुपमा अध्ययन गर्दै आएका छन् ।

Read More