समाचारमा बालबालिका

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

नागरिक न्युजमा प्रकाशित,३ पुष, रोल्पा ।

रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि बिद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि  सास्ती भोग्दै आएका छन्।

Read More

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

नागरिक न्युजमा प्रकाशित,३ पुष, काठमाडौं ।

अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या छात्रामा मात्र होइन, मधेसका महिला शिक्षकमा पनि रहेको पाइएको छ।

Read More

सेनेटरी प्याड राखेपछि छात्रा नियमित विद्यालय

नयाँ पत्रिकामा प्रकाशित,३ पुष, रोल्पा ।

विद्यालयका शौचालयमा सेनेटरी प्याड राखेपछि छात्राहरू नियमित  विद्यालय जान थालेका छन् । महिनावारीको समयमा तीन–चार दिन विद्यालय छाड्ने छात्राहरू शौचालयमा प्याड राख्न थालेपछि नियमित भएका हुन्।

Read More

चेपाङ विद्यार्थीको बाध्यता : दोहोर्‍याएर पढ्नु कि छाड्नु

कान्तिपुरमा प्रकाशित,२ पुष, हेटौंडा/चितवन ।

शक्ति चेपाङ १० वर्षका भए । उनी चितवनको चेपाङ बहुल पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ को विकट गाउँ थन्द्राङमा बस्छन् । नजिकैको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयमा उनी तीन कक्षामा पढ्छन् । दुई वर्षदेखि उनी सोही कक्षामा छन् । तर, उत्तीर्ण नभएर होइन । चार कक्षा पढ्ने चाहना हुँदाहुँदै नजिकै विद्यालय नहुँदा तीनमै बस्नुपर्ने उनको बाध्यता छ।

Read More

छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक

कान्तिपुरमा प्रकाशित,३० मङ्सिर, डोल्पा।

केआईसिंह गाउँपालिका ५ स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म पढ्ने ३३ छात्रा छन् । तीमध्ये २७ छात्रा महिनाको ३ दिन विद्यालय जाँदैनन् । १० अध्ययनरत १६ वर्षीया इन्दिरा जोशी महिनावारी भएका बेला विद्यालय जान घरबाट निषेध गरेको बताउँछिन्।

Read More

प्याड नहुँदा पढाइ छुट्छ

कान्तिपुरमा प्रकाशित,२९ मङ्सिर, भरतपुर।

१४ वर्षकी सविता सुनार चितवनको दिवानगर माडीस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पाँच कक्षामा पढ्छिन् । अघिल्लो महिना उनी कक्षाकोठामै छँदा महिनावारी भइन् । उनको पोसाकमा रगत देखेपछि शिक्षिकाले खुसुक्क बोलाइन् र घर जान भनिन् । करिब २० मिनेटको बाटो हिँडेर जान गाह्रो मानेपछि उनै शिक्षिकाले घरसम्म पुर्‍याइदिइन्।

Read More

चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

कान्तिपुरमा प्रकाशित,२५ मङ्सिर, मनाङ ।

अत्याधिक चिसो बढेसँगै हिमाली जिल्ला मनाङका विद्यालय बन्द हुन थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन्।

Read More

बोरा ओछ्याएर पढ्दै विद्यार्थी

गोरखापत्र अनलाइनमा प्रकाशित,२३ मङ्सिर, गौशाला ।

चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ।

Read More

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द

नयाँ पत्रिकामा प्रकाशित,१७ मङ्सिर, तनहुँ ।

भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो।

Read More

यौनिकताबारे खुल्दै किशोरी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, १५ मङ्सिर, अछाम।

यौन तथा प्रजनन् स्वास्थ्यबारे कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेगका किशोरी अचेल खुलेर बोल्न थालेका छन् । मंगलसैन नगरपालिका ३ बिसाकोटकी रत्ना साउदलाई यसअघि विद्यालयमा यौन शिक्षाका बारेमा पढाइ हुँदा अप्ठ्यारो लाग्थ्यो। साथीभाइ र शिक्षकका अगाडि अनुहार नै रातोपिरो हुन्थ्यो।

Read More

अक्षर चिन्दै राउटे बालबालिका

नागरिक न्युजमा प्रकाशित,१३ मङ्सिर, सुर्खेत ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्।

Read More

विद्यालयमा राष्ट्रिय गानसँगै नगर गीत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ११ मङ्सिर, रुपन्देही।

तिलोत्तमा नगरपालिकाका विद्यार्थीले प्रार्थनाको समयमा दुई वटा गान गाउँछन्– एउटा राष्ट्रिय गान, अर्को नगरको आफ्नै गान । नगरपालिकाले सबै विद्यालयमा नगर गीत गाउन निर्देशन दिएको छ । गत असोज १७ गते नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गीत गाउन निर्देशन पठाएको थियो।

Read More

विद्यालयलाई लैंगिकमैत्री बनाइँदै

कान्तिपुरमा प्रकाशित,११ मङ्सिर, बुटवल ।

छात्रछात्राबीच समान सिकाइको वातावरण बनाउन बुटवलका विद्यालयलाई लैंगिकमैत्री बनाउन थालिएको छ । यसअन्तर्गत हरेक विद्यालयमा भौतिक संरचना तयार गर्न र वातावरणमा सुधार गर्न लागिएको हो।

Read More

कक्षा रित्याएर धान काट्न

कान्तिपुरमा प्रकाशित,१० मङ्सिर, विराटनगर।

मंसिर लागेपछि सीमावर्ती जहदा–४ को सार्वजनिक विद्यालयमा मावि तहका विद्यार्थी घटेका छन् । कात्तिकको अन्तिम दिनसम्म खचाखच देखिएका विद्यार्थी भोलिपल्टै आउन छाडेका हुन्।

Read More

किशोरीलाई करेसाबारीको सीप

कान्तिपुरमा प्रकाशित, ९ मङ्सिर, पर्सा।

तारा संवाद समूहमा आबद्ध वीरगन्ज–२९ मुसैलीकी १४ वर्षीया इन्दु गुप्ताले आमा कुन्ती देवीले तरकारी खेती गर्दै आएको सानैदेखि देखेकी हुन् । तर करेशाबारी निर्माण तालिममा सहभागी भएपछि आमाले परम्परागत ढंगले गर्दै आएको खेतीमा केही त्रुटी रहेको उनले भेउ पाइन्।

Read More

बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ मङ्सिर, स्याङ्जा ।

भीरकोट नगरभित्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । नगरपालिका र सामुदायिक विद्यालयको सहकार्यमा दिवा खाजाको व्यवस्था गरिएको हो । कुनै पनि बालबालिका शिक्षाबाट बंचित नहोऊन भन्ने उदेश्यले नगरपालिकाले दिवा खाजाको व्यवस्था मिलाएको जनाएको छ।

Read More

विद्यालयमै सेनेटरी प्याड मेसिन

अन्नपूर्ण पोस्ट्मा प्रकाशित, ४ मङ्सिर, बैतडी ।

डिलाशैनी गाउँपालिका–३ महादेव मावि पङसेरामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान भएको छ। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए।

Read More

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

नागरिक न्युजमा प्रकाशित,१  मङ्सिर, रोल्पा ।

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो। पुर्वाधार र जनशक्तिको अभावमा जबरजस्त खोलिएका विद्यालयहरुमा बर्सेनी विद्यार्थी घट्ने क्रम पनि चलिरहेको छ।

Read More

स्कुलमै खाजा, ‘ड्रपआउट’ शून्य

कान्तिपुरमा प्रकाशित,१ मङ्सिर, हेटौंडा ।

दिवाखाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन् । भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ।

Read More

घरकै खाजा, कति मज्जा

नागरिक न्युजमा प्रकाशित,२६ कात्तिक, दोलखा।

बिहान गेट खुलेलगत्तै विद्यार्थी विद्यालय प्रवेश गर्न सुरु गर्छन्। तामाकोसी सदनका १० कक्षामा पढ्ने एक हुल विद्यार्थी गेटमा बसेर हाताभित्र प्रवेश गर्नेहरूको झोलामा ल्याइएको खाजा निरीक्षण गर्दै छन्। ‘जंक फुड’ हुनेहरूको सामान गेटमै जफत हुन्छ र घरमा पकाइएको ताजा खानेकुराले मात्र विद्यालयमा प्रवेश पाउँछ।

Read More