A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionr97kd50ahqgqpe42gmp0cjtu52u9onfu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी विरामी हुन थालेपछि विद्यालय बन्द

आँखा राता हुने, मुटु दुस्ख्ने, भुँइमा लड्ने, मुर्छा पर्ने, हातखुट्टा बाङ्गिने समस्याका कारण विरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि बुधारदेखि आउने आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक गोविन्द मल्लले बताए । ४ दिन सम्म अनौठो खालको लक्षण देखिएर विद्यार्थी विरामी हुन थालेपछि विद्यालय नै बन्द गर्ने निर्णयमा पुग्यौं,’ प्रअ मल्लले भने, ‘आइतबार फेरि उही समस्या दोहोरिएमा अनिश्चितकालीन रुपमा विद्यालय बन्द गर्ने सल्लाह भएको छ ।’ उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालयलगायतसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताए । विद्यालय बिहीबार खुलेन । स्वास्थ्यकर्मीले विहीबार पनि विद्यालयमै पुगेर विरामीको उपचार गरिरहेका छन् । रोग नियन्त्रणमुख छ । बिहीबार यस अघिकै विद्यार्थी विरामी दोहोरिएको र नयाँ विरामी थप नभएको स्वास्थ्य चौकी पीपलका इन्चार्ज सन्देश चन्दले बताए । उनले खास आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । विद्यालय बन्द छ तर अहिले पनि विरामी विद्यार्थीको उपचार विद्यालयमै भैरहेको छ । जेष्ठ १३ गते केही विद्यार्थीलाई उक्त लक्षण देखिएको थियो । त्यसपछि लगातार १४, १५ र १६ गते सम्म विरामी हुने विद्यार्थीको संख्या बढिरहेको छ । १३ र १४ गते विरामी हुने विद्यार्थीको केही उपचार भएन । १५ र १६ गते विरामी हुने विद्यार्थीको संख्या बढेपछि स्वास्थ्यकर्मी बोलाएर उपचार सुरु गरिएको थियो । मंगलबार र बुधबार गरी झण्डै २० जना विद्यार्थीको उपचार भएको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मीले २ दिन विरामी विद्यार्थीको उपचार गरेका छन् । मंगलबार र बुधबार विद्यालयमै पुगेर स्वास्थ्यकर्मीले विरामी विद्यार्थीको उपचार गरेका थिए ।

स्वास्थ्य चौकी पीपलको टोलीले लक्षण अनुसारको औषधी दिएर विद्यार्थीको उपचार जारी राखेको छ । ‘यो मास हिस्टेरीयाको लक्षण हो, यसलाई प्रसनल डिसअर्डर पनि भन्छ,’ उपचारमा संलग्न अहेव खगेन्द्र शर्माले भने, ‘यसको उपचारमा हामी लागेका छौं, सुधार पनि हुँदै गैरहेको छ ।’ उपचार पाएका २० जनामध्य २ जना मात्रै छात्र छन् । यो रोगबाट छात्रा बढि ग्रसित छन् । यो सामान्य भएकाले नआत्तिन विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आग्रह गरिएको पनि अहेव शर्माले बताए । उपचार पाएकामध्य २ जनालाई दोहोर्‍याएर उही लक्षण देखिएको छ र उनीहरुको पनि उपचार भैसकेको छ । विद्यालयमा यस अघि पनि पटक पटक यस्तो खालको लक्षण देखिएर केही विद्यार्थी विरामी भएका थिए । लामो समयको अन्तरालपछि विद्यालयमा यस्तो समस्या देखिने गरेको तर तत्कालै ठिक हुने गरेको भएपनि यस पटक भने निरन्तर रोग लागिरहेको विद्यालयलये जनाएको छ । ‘यो लगातार चार दिनसम्म भैरहेको छ, यस अघि यस्तो त भएको थिएन, एक दिन केहीलाई लक्षण देखिएपनि अर्को दिनदेखि त्यो आफै ठिक भएर जान्थ्यो,’ प्रअ मल्लले भने । विद्यालयले पनि नआत्तिन र सावधानी अपनाउन विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । क्याप्सनस् रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१, स्थित जनएकता आधारभुत विद्यालयको प्राङ्गनमै राखेर विद्यार्थीको उपचार गरिँदै ।

 २०७५ जेठ १७ गते २:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: