A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0qcl8n6t607rdge2rqf05b1dsciun96): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एउटै कोठामा चारवटा कक्षाको पढाइ एकैसाथ

धनुषाको एक विद्यालयमा भवन अभावका कारण एउटै कोठामा चारवटा कक्षा एकै समय संचालन हुँदै आएका छन्। जिल्लाको बटेश्वर गाउँपालिका-२ भूचक्रपुरको श्री जनप्रिय माध्यमिक विद्यालयमा एउटै कोठाभित्र चारवटा कक्षाका विद्यार्थीलाई चारजना शिक्षकले एकै समय पढाउने गरेका छन्। तीन वर्ष अघि आएको विनाशकारी भूकम्पले विद्यालयको पुरानो १२ कोठे भवन क्षतिग्रस्त भएपछि  कक्षाकोठाको अभावमा एउटै कोठाभित्र चारवटा कक्षा संचालन गर्नु परेको हो। शिशु कक्षादेखि कक्षा १,२,३ र ४ को पढाई विगत तीन वर्षदेखि एउटै कोठामा एकै समयमा हुने गरेको छ। कोठाको चारवटा कुनामा चारवटा कक्षाका विद्यार्थीलाई बसाएर शिक्षकले पढाउने गर्दछन्। तर, स-साना बालबालिका बेलाबेला हो,हल्ला गर्ने, शिक्षकले पनि चर्को स्वरमा पाठ पढाउने हुँदा अर्को कक्षाका विद्यार्थी र शिक्षकलाई पढ्न र पढाउन निकै अप्ठ्यारो हुने गरेको शिक्षक राजेश्वर महतोले बताए।महतोले भने, तीन वर्षदेखि यस्तै अवस्था छ। विद्यार्थीलाई पढाउन गाह्रो हुनेगर्छ। शिक्षक लगातार बस्ने कुरा पनि भएन् शिक्षक उठेर जान बित्तिकै बच्चा कराउन थाल्छन्।त्यसपछि अर्को कक्षाको पढाइ पनि प्रभावित हुन्छ। पढाउने बेला एउटा कक्षाको विद्यार्थीलाई कुनै पाठ पढ्न लगाइयो भने उच्च स्वरका कारण अर्कोलाई पढ्न गाह्रो हुन्छ। कक्षाकोठामा आवाज गुञ्जीएर पढाउनै मुस्किल हुन्छ। जेनतेन विद्यार्थीलाई घेरेर मात्र राख्नुपर्ने हुँदा  पढाउने वातावरण नरहेको शिक्षिक रिता लामा बताउँछिन्। लामा भन्छिन्, सानो कक्षाका विद्यार्थीलाई राम्ररी पढाउन सकिएन् भने उनीहरुको जगनै कमजोर हुन्छ। त्यसैले भवनको समस्या चाँडो समाधान होस् भन्ने हाम्रो इच्छा छ।

विद्यालयको पुरानो भवनमा भूकम्पले क्षति पुर्‍याएपछि हाल ८ वटा नयाँ बनाइएका कक्षा कोठा मात्र पठनपाठनका लागि प्रयोगमा ल्याइएको प्रधानाध्यापक रामचन्द्र सिंहले बताए । ८ ओटा मध्येबाट एउटा विद्यालयको प्रशासनिक कार्यालयको प्रयोजनका लागि प्रयोगमा ल्याइए पछि सातवटामै कक्षा १० सम्मको पढाइ जेनतेन गराइने गरिएको छ। क्षतिग्रस्त भवन कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ, सोही कारणले बालबालिकालाई त्यसमा नराखी एउटै कोठामा चारवटा‍सम्म कक्षा संचालन गर्न बाध्य भएका छौं, सिंहले भने। भूकम्पले पुरानो भवन जीर्ण बनाएपछि पठनपाठनमा समस्या भएको भन्दै तत्कालिन जिल्ला शिक्षा कार्यालयमा भवनको माग पटकपटक गरेपनि सम्बन्धित निकायबाट कुनै पहल नभएको सिंहले बताए। कम्तीमा पनि चारवटा कक्षाका लागि चारवटा कोठा र एउटा पुस्तकालयको हुनुपर्थ्यो, बजेट अभावका कारण हुन सकेको छैन्, सिंहले भने।गाउँपालिकाबाट यसै आर्थिक वर्षमा दुईवटा नयाँ कक्षाकोठासहितको भवन बनाउने आश्वासन पाएको उनले बताए।बटेश्वर गाउँपालिकाका अध्यक्ष गणेशबहादुर राउत विद्यालयका प्रअ सिंहले उपयुक्त पहल नगरेको कारण हालसम्म भवन बन्न नसकेको बताउँछन्। राउत भन्छन्,ुप्रअले विद्यालयको आयश्रोत र हरहिसाब समेत पारदर्शी गरेका छैनन्। छिट्टै शिक्षासम्बन्धी ऐन बनाएर गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयको अवस्था सुधार गर्नतर्फ लाग्ने अध्यक्ष राउते बताए।

२०७५ जेठ १८ गते ५:३२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: