समाचारमा बालबालिका

स्कुल जाँदैनन् बादी बालबालिका

कान्तिपुरमा प्रकाशित,१८ माघ, रुकुम ।

आठबीसकोट नगरपालिका ९, राडी बजार तथा ठूलीभेरी नदीकिनारमै बादी बस्ती छ । बस्तीकी १३ वर्षीया सुशीला बादीले अहिलेसम्म विद्यालय जान पाएकी छैनन् । आफ्नै उमेरका साथीभाइ ६/७ कक्षामा पढ्छन् । उनलाई पनि पढ्ने रहर छ । तर, आर्थिक अभावले चाहेर पनि पढ्न पाएकी छैनन् ।

Read More

कक्षा ८ को परीक्षामा डी प्लसभन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने

उज्यालो अनलाइनमा प्रकाशित,१७ माघ, काठमाडौँ ।

शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । 

Read More

विद्यार्थीको खाजा बजेट शिक्षकले बाँडेको आरोप

अनलाइनखबरमा प्रकाशित,१७ माघ, सिरहा ।

जिल्लाको एक विद्यालयका शिक्षकहरुबीच विद्यार्थीको लागि आएको खाजा बजेट बाँडफाँटमा विवाद हुँदा डेढ महिनादेखि पढाई प्रभावित भएको छ । सिरहाको मिर्चैया–१२ मा रहेको श्री मोजै जनता प्राथमिक विद्यालय, भरेवा सिक्रोनका शिक्षकबीच विद्यार्थीलाई आएको खाजा बजेट बाँडफाँटका क्रममा भएको विवादले डेढ महिनादेखि पठनपाठन ठप्प हुन पुगेको हो ।

Read More

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

नागरिक न्युजमा प्रकाशित,१६ माघ, चितवन ।

मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्यो । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने।

Read More

डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित

कान्तिपुरमा प्रकाशित,९ माघ, धनुषा ।

जनकपुर उपमहानगरपालिका १५, कुवा रामपुरको दलित बस्ती ढल्के टोलमा ८ वर्षीया आरती मल्लिक र ६ वर्षीय राजेश मल्लिक सुँगुर धपाउँदै घरतर्फ जाँदै थिए । घरछेउ बाजाको आवाज उनीहरूले सुने । सोमबार यहाँका बालबालिका विद्यालयमा सरस्वती पूजा गरी मनोरञ्जन गरिरहेका बेला आरती र राजेश सुँगुर चराएर घर फर्किंदै थिए । 

Read More

विद्यालयको बिजोग

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ माघ, ताप्लेजुङ ।

न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ ।

Read More

भर्नाअघि नै विद्यालय अनुभव

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, दाङ ।

सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने ७० प्रतिसत बालबालिका पहिले नै विद्यालयको अनुभव गरि भर्ना हुन जाने गरेको पाइएको छ। विद्यालयमा रहेका वालविकास कक्षाको अनुभव सँगालेरमात्रै जिल्लाका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्नाका लागि आउने बालबलिका बढी भएको एक तथ्यांकले देखाएको छ। 

 

Read More

सामुदायिकको सिकाइ ‘निराशाजनक’

कान्तिपुरमा प्रकाशित,२५ पुस, काठमाडौँ ।

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । 

Read More

बालबच्चा विद्यालय नपठाउने अभिभावक गाउँपालिकाको सेवाबाट बञ्चित

उज्यालो अनलाइनमा प्रकाशित, १७ पुस, खोटाङ ।

खोटाङको दिप्रुङ गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बञ्चित गराउने भएको छ । उमेर पुगे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने वातावरण निर्माणका लागि गाउँपालिकाले विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने शिक्षा नियमावली जारी गरेको हो ।

Read More

रुपन्देहीका पाँच विद्यालयमा सैन्य तालिम

राजधानी दैनिकमा प्रकाशित, १७ पुस, रूपन्देही ।

रूपन्देहीका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य (राष्ट्रिय सेवा दल) तालिम प्रदान गरेको छ । बुटवलको कालिका माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, तिलोत्तमाको दुर्गादत्त माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र सिद्धार्थनगरको भैरहवा नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले सैन्य तालिम प्रदान गरेको हो ।

Read More

विद्यालयमै दाँत माझ्छन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित, १४ पुस, कपिलवस्तु ।

ढोकामै साबुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । भित्र कपडामा लहरै खोपाखोपा बनाई ब्रस राखिएको छ । त्यसमाथि काइँयो छन् । सानो ढकियामा नेल कटर छ। हेर्दै सरसफाइप्रति निक्कै सचेतना अपनाइएको अनुभव गर्न सकिन्छ। 

Read More

इँटाभट्टाका बालबालिका विद्यालय जानबाट वञ्चित

कान्तिपुरमा प्रकाशित,१० पुस, भक्तपुर ।

सुर्खेत धारापानीकी ३१ वर्षीया वसन्ती पुनमगर चाँगुनारायण नगरपालिका ताथलीस्थित एक इँटाभट्टामा काम गर्छिन् । उनी पतिसहित १० र १६ वर्षीय दुई छोरासँगै आएकी छन् । १३ वर्षमै विवाह गरी १५ वर्षमै उनले छोरा जन्माएकी हुन् । उनका जेठा छोरा ओमप्रकाश पनि कक्षा ७ को पढाइ छाडेर आमाबाबुसँगै इँटा बनाउँछन् ।

 

Read More

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

कान्तिपुरमा प्रकाशित, ५ पुस, काठमाडौं ।

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

 

 

Read More

सन्तानलाई विद्यालय पठाउन डोम परिवारले बेच्यो सुँगुर

अनलाइनखबरमा प्रकाशित, ४ पुस, सप्तरी ।

तराईमा बसोबास गर्ने डोम समुदायको मुख्य पेशा बाँसका सामग्री बनाउने र सुँगुर पाल्ने हो । जसको घरमा सुँगुर हुँदैन, उनीहरु आफूलाई कमजोर ठान्छन् । सुँगुरकै कारण डोम समुदायका बालबालिका पढ्न समेत पाउँदैनन् ।

 

Read More

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

नागरिक न्युजमा प्रकाशित, ३ पुस, मनाङ ।

हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । 

Read More

डेस्क–बेन्च ३, विद्यार्थी ६३

कान्तिपुरमा प्रकाशित, २९ मङ्सिर, चितवन ।

कालिका नगरपालिका ११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्ने गरेका छन् ।  

Read More