समाचारमा बालबालिका

चिसो भुइँमा विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,६ माघ, महोत्तरी ।

आङमा न्यानो लुगा छैन। थरथर काप्ने जाडो बढ्दो छ। नांगो खुट्टाले स्कुल टेक्नु छ। स्कुल पुग्दा चिसै कार्पेटमा बसेर पढ्नु पर्छ, ७ वर्षीया बालिका सरितीया कुमारी मुखियालाई। डेक्स बेन्च पर्याप्त छैन। गरिबीले सरितीया परिवारले न्यानो लुगा जोहो गर्न सकेको छैन।

Read More

विद्यालयबाहिर मुसहर बालबालिका

कान्तिपुरमा प्रकाशित,५ माघ,महोत्तरी ।

भंगाहा नगरपालिका–४ की सुशीला सदा आफ्नो नागरिकता नभएकाले दुई छोराको जन्मदर्ता गराउन सकेकी छैनन् । उनको ५ वर्षीय छोरा धीरज र ३ वर्षीय नीरजलाई स्कुल पठाउने इच्छा भए पनि जन्मदर्ता नहुँदा भर्ना नलिने भएपछि स्कुल नपठाएको बताइन्।

Read More

स्कुल होइन, गोठालो जाने हतार

कान्तिपुरमा प्रकाशित,४ माघ, चितवन ।

बिहानको १० बज्न लाग्दै गर्दा स्कुल जाने बालबालिका फाट्टफुट्ट देखिन थाले । राप्ती नगरपालिका–१३ मा पर्ने पहाडी गाउँ चिउदिङकी निशा तामाङ पनि हतारमा थिइन् । १५ वर्षकी निशा यो बेला आठरनौ कक्षामा पढ्नुपर्ने हो । तर उनी विद्यालय जान छाडेको वर्षौं भयो।

Read More

एसइईको नतिजा सुधार्न प्रदेश सरकारको विशेष कक्षा

थाहा खबरमा प्रकाशित,१ माघ, बुटवल।

राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार २०७५ सालको एसइई परीक्षामा प्रदेशमा सम्मिलित ७५ हजार ८३४ विद्यार्थीमध्ये गणित विषयमा ४३ हजार ८७८ विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए।  विज्ञानमा २५ हजार ४९४ विद्यार्थीले डी प्लस, डी र ई ग्रेड ल्याए। यसलाई हेर्दा २०७५ को एसइई परीक्षामा प्रदेश ५ का ७२ प्रतिशत विद्यार्थीले गणित र विज्ञानमा ‘ई’ ग्रेड प्राप्त गरे। यी दुई विषयमा ‘डि’ र ‘ई’ ग्रेड ल्याएका ७२ प्रतिशत विद्यार्थीले उच्च शिक्षामा राम्रो विषय लिएर पढ्न नपाउने जोखिम बढ्यो।

Read More

बालमैत्री विद्यालयमा बालबालिकाको बेहाल : बोरामा बसेर पढाइ

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ पुष, सिरहा ।

सखुवा नन्कारकट्टी गाउँपालिका-४ खैरबोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा शुक्रबार दिउँसो साढे ११ बजे न विद्यार्थी भेटिए न शिक्षक। पहिलो घण्टीको पढाइपछि उनीहरूको छुट्टी भएको थियो। कारण थियो- ठुकठुक जाडोमा विद्यार्थीले कक्षामा प्लास्टिकका बोरामा बस्नुपर्ने बाध्यता।

Read More

संस्कृत पढ्ने बढे

कान्तिपुरमा प्रकाशित,२८ पुष, ओखलढुंगा ।

मोलुङ गाउँपालिका–४ मा सञ्चालित जलजलेश्वर गुरुकूल वेद विद्याश्रम जिल्लाकै एकमात्र संस्कृत विद्यालय हो । २०६८ मा कक्षा ४ सम्म अध्यापन अनुमति लिई सुरु भएको विद्यालयमा १७ विद्यार्थी थिए । ८ वर्षयता अध्यापन अनुमति १० कक्षासम्मको लिइसकिएको छ । सोसँगै विद्यार्थी संख्या पनि बढेको छ।

Read More

विद्यालयमै नेताको जाँड पार्टी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ पुष, महोत्तरी ।

शिक्षक नेताहरुले विद्यालयमा मासु र रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका(३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु रक्सीको भोज गरिएको भेटिएको हो।

Read More

सामुदायिक विद्यालयहरुमा जङ्कफुड निषेध

थाहा खबरमा प्रकाशित,२२ पुष, अर्घाखाँची।

जङ्कफुड खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक विधालयमा जङ्कफुड खान रोक लगाइएको छ।  जिल्लाको सन्धिखर्क नगरपालिका वडा १० ले आफ्ना वडा भित्रका सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुलाई जङ्कफुड खान निषेध गरेको हो। वडा भित्रका चार सामुदायिक विद्यालयहरु जनसेवा आधारभुत बिद्यालय, अरनिको आधारभुत विद्यालय, बिध्याविकाश आधारभुत विद्यालय र आदर्श आधारभुत विद्यालय तथा वडा कार्यलय समेतमा जङ्कगफुट खान निषेध गरिएको हो।

Read More

बालबालिकालाई अक्षर चिनाउन साक्षरता कक्षा

नागरिक न्युजमा प्रकाशित,१६ पुष, नुवाकोट।

गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका अक्षरमा बालबालिकालाई नजिक बनाउन ‘साक्षरता कक्षा’ सञ्चालन गरेको छ।

Read More

एउटै कोठामा चार कक्षा

कान्तिपुरमा प्रकाशित,१५ पुष, मकवानपुर ।

गुणस्तर र व्यावहारिक शिक्षाको टड्कारो आवश्यकता महसुस भइरहेको समयमा हेटौंडा उपमहानगरपालिकाभित्रैको एक विद्यालयमा चारवटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य छन्।

Read More

सामुदायिक विद्यालयका छात्राले पाउन थाले निःशुल्क स्यानेटरी प्याड

थाहा खबरमा प्रकाशित,१५ पुष, काठमाडौं ।

सरकारले सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यकपर्ने स्यानेटरी प्याडको निःशुल्क वितरण शुरु गरेको छ। कतिपय जिल्लामा महिनावारी हुँदा छात्रा विद्यालय नआउने तथा क्रमशः कक्षा छाड्ने प्रवृत्ति देखिएकाले उनीहरुको नियमितता र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले यस्तो प्रबन्ध गरेको हो।

Read More

अत्याधिक चिसोको कारण धनुषाका विद्यालय एक सातालाई बन्द

रातोपाटीमा प्रकाशित,१४ पुष, जनकपुर ।

अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ । विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ।

Read More

पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादान

नागरिक न्युज,१४ पुष, सिन्धुपाल्चोक।

मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा मार्न जानुअघि उनीहरूकी आमा कुमारी माझी खाना बनाउँदै थिइन्।

Read More

दिवा खाजाले घटायो पत्रु खाना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ पुष,सोलुखुम्बू ।

सोलुखुम्बूका विभिन्न विद्यालयमा खुवाउन थालिएको दिवा खाजा विद्यार्थीको नियमितता, पत्रु खाना (जंकफुड)उपभोग न्यूनीकरण र स्वास्थ्य सुधारमा सहायक बन्दै गएको छ। कतिपय स्कुलले विद्यार्थीको नियमित उपस्थितिका लागि दिवा खाजा सुरु गरे पनि कतिपयले पत्रु खाना न्यूनीकरणका लागि सुरु गरेका छन्।

Read More

विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावित

रातोपाटीमा प्रकाशित,१२ पुष, बाँके ।

चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ।

Read More

निजी विद्यालयमा खचाखच, सरकारीमा विद्यार्थी अभाव

कान्तिपुरमा प्रकाशित,११ पुष, बिर्तामोड ।

अर्जुनधारा नगरपालिका–४ स्थित शिवनारायण प्राथमिक विद्यालय गत वर्ष बन्द र≈यो । २०४५ मा स्थापित विद्यालय विद्यार्थी नभएकै कारण गत शैक्षिक सत्रमा चल्न सकेन । यो वर्ष जेनतेन २० जना विद्यार्थी भर्ना भएका छन् । कक्षा १ मा १२ तथा कक्षा २ मा ८ जना अध्ययनरत छन् । कक्षा ५ सम्म चल्नुपर्ने विद्यालय कक्षा २ सम्म मात्र सञ्चालित छ।

Read More

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

नागरिक न्युजमा प्रकाशित,१० पुष, रोल्पा ।

रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो। घोषणा कार्यक्रमा बोल्दै वडाअध्यक्ष कृष्ण कसीले सबै बालबालिका विद्यालयमा आएको भएता पनि विद्यालयमै टिकाई राख्न अबको चुनौती रहेको बताए।

Read More

चिसो माटोमा बस्छन् विद्यार्थी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ पुष, धनगढी।

बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा रहेको काँडा माध्यामिक विद्यालयमा विद्यार्थी माटोमा बस्ने गरेका छन्। मैदान सम्याउने क्रममा डोजरले दुबो माटोमा परिणत गरीदिएपछि उनीहरू धुलो माटोमा बस्न बाध्य भएका हुन्।

Read More

दिवा खाजा पाएपछि बाजुराका विद्यालयमा विद्यार्थी बढे

थाहा खबरमा प्रकाशित,४ पुष, बाजुरा ।

सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वोत्तर भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो।

Read More

पढ्न जाँदैनन् बालबालिका

कान्तिपुरमा प्रकाशित,३ पुष, रौतहट।

बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन्।

Read More