समाचारमा बालबालिका

विद्यालय कि गोठ ?

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१६ वैशाख, महोत्तरी ।

न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै १ हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो ।

Read More

विद्यालय नहुँदा भारतमै निर्भर

कान्तिपुरमा प्रकाशित,१६ वैशाख, बर्दिया ।

अध्ययनका लागि ११ वर्षीया रजनी मल्लाह खाकी पोसाकमा सीमावर्ती भारतमा दिनहुँ जाने गर्छिन् । उनी मात्रै होइन सदरमुकाम गुलरिया १०, महजिदियाका झन्डै ५० बालबालिका अध्ययनका लागि भारतमा दैनिक आउजाउ गर्छन् ।

Read More

विद्यालय जान छोडेर पानी खोज्दै शंकरपोखरीका विद्यार्थी

थाहा खबरमा प्रकाशित,१३ वैशाख, पर्वत ।

जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा पानीको चरम अभाव भएपछि विद्यार्थीहरु विद्यालय जान छोडेर पानीको मुहानमा देखिन थालेका छन्। उक्त क्षेत्रमा गर्मीयाममा हरेक वर्ष पानीको चरम अभाव हुने गरेको छ भने, यस वर्ष त्यसमा पनि सडक निर्माण र स्तरोन्नतीका क्रममा खानेपानीको लाइन खल्वलीँदा स्थानीयलाई पानीको हाहाकार भएको हो ।

 

Read More

विद्यालय जाने बालबालिका बढे

कान्तिपुरमा प्रकाशित,७ वैशाख, सिन्धुपाल्चोक ।

चौतारा साँगाचोकगढी नगरपालिकाको भीमटार माझीगाउँको माथिल्लो टोलकी निलमाया माझीले छोरालाई पढ्न पठाउन थालेकी छन् । पढाइको महत्त्व बुझेपछि छोरालाई हालै विद्यालयमा भर्ना गरेको उनले बताइन् । त्यतिमात्र होइन, आफ्नो छोरालाई विद्यालयमा भर्ना गरेपछि माझीले गाउँलेलाई शिक्षाको महत्त्व र अभियानबारे समेत सम्झाउने गरेको बताइन् ।

Read More

प्रधानमन्त्रीले सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरिदिए

कान्तिपुरमा प्रकाशित,५ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराइदिएका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरेका प्रधानमन्त्रीले कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक९डोम०लाई बुधबार विद्यालय भर्ना गरेका हुन्।

Read More

अझै दुई दशमलब पाँच प्रतिशत बालबालिका विद्यालयबाहिर

रातोपाटीमा प्रकाशित,३ वैशाख, दार्चुला ।

विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । 

Read More

अपांगता भएकाले पढ्न नपाउने ?

प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । 

Read More

भर्ना महाअभियान : ३ लाख बालबालिका स्कुलबाहिरै

कान्तिपुरमा प्रकाशित,२६ चैत्र, काठमाडौँ ।

सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दै छन् ।

Read More

डोल्पामा विद्यार्थीको पढाइ परीक्षण गरिने

कान्तिपुरमा प्रकाशित,२२ चैत्र, डोल्पा ।

डोल्पाका सामुदायिक विद्यालयहरुमा पढाइ सीप परीक्षण गरिने भएको छ । कक्षा २ र ३ का विद्यार्थीहरुमा प्रारम्भिक कक्षा पढाई सीप परीक्षण गर्न लागिएको हो । विकासमा मात्र नभएर शिक्षामा समेत पछाडि परेको जनाउदै जिल्ला शिक्षा कार्यालय डोल्पाले अबको केही महिनाभित्र विद्यालयहरुमा नेपाली भाषा पढाई सीप परीक्षण गर्न लागेको छ।

Read More

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

नागरिक न्युजमा प्रकाशित,२१ चैत्र, मलेखु ।

माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ।

Read More

साढे तीन लाख बालबालिकाको छैन विद्यालयसम्म पहुँच

नयाँ पत्रिकामा प्रकाशित,१४ चैत्र, काठमाडौं ।

नयाँ विद्यालय भर्ना, कक्षा थालनी र विद्यालय परिवर्तन गर्ने समयको आगमनसँगै अभिभावक आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन राम्रा शैक्षिक संस्थाको खोजीमा छन् । तर, नेपालमा लाखौँ यस्ता बालबालिका छन्, जसको पहुँच कुनै विद्यालयसम्म पनि छैन ।

Read More

कक्षा एकमा भर्ना हुने घटे

नागरिक न्युजमा प्रकाशित,१२ चैत्र, काठमाडौं ।

सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ बर्सेनि वैशाख १ गतेदेखि भर्ना अभियानै सुरु गर्छ। अभियानअन्तर्गत स्कुलहरूले विभिन्न कार्यक्रम गरी नानीहरूलाई सकेसम्म स्कुलमा भर्ना गराएर पढाउने लक्ष्य हुन्छ।

Read More

छात्रामैत्री छैनन् शौचालय

कान्तिपुरमा प्रकाशित,९ चैत्र, लमजुङ ।

एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि हरेक केन्द्रमा २ अस्थायी शौचालय बनाइएको छ । महिला, पुरुष वा छात्रा, छात्राका छुट्टा–छुट्टै कच्ची शौचालय छन् । जिल्लाका १८ वटै केन्द्रमा पुराना बाँसका घोचा गाढेर पुराना जस्ता प्रयोग गरी बोरा तथा कागजका कार्टुनले बारेर अस्थायी शौचालय बनाइएको छ । 

Read More

आजबाट एसईई

कान्तिपुरमा प्रकाशित,८ चैत्र, काठमाडौँ ।

आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।

Read More

पढ्ने उमेरमा घरधन्दा

कान्तिपुरमा प्रकाशित,८ चैत्र, डोटी ।

बोगटान ६, गगुडाकी ९ वर्षीया कृष्णा चन्द बिहान ओछ्यानबाट उठेलगत्तै घरायसी काममा व्यस्त हुन्छिन् । पानीपँधेरो, घरआँगन सरसफाइ, लिपपोत जस्ता काम उनले दिनहुँ गर्नुपर्छ ।

Read More

घरबाटै चकटी बोकेर स्कुल जान्छन् विद्यार्थी

उज्यालो अनलाइनमा प्रकाशित,७ चैत्र, बझाङ ।

विद्यालयमा विद्यार्थीलाई बस्नका लागि बेन्च र डेस्क नहुँदा समस्या भएको छ । बझाङको दुर्गाथली गाउँपालिका बासुधाराको महादेव प्राथमिक विद्यालयका विद्यार्थी बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् । 

Read More

१० पढ्दै, छाड्दै

कान्तिपुरमा प्रकाशित,५ चैत्र, काठमाडौँ ।

सरकारले दुई वर्षदेखि कक्षा १० मा अनुत्तीर्ण हुने प्रणाली खारेज गरेर ग्रेडिङबाट नतिजा सार्वजनिक गर्न सुरु गर्योा । शिक्षामन्त्रीदेखि कर्मचारीसम्मले यो प्रणालीमा कोही पनि फेल नहुने हल्ला चलाए । परीक्षा दिएका सबैले पढ्न पाउने प्रचार गर्न पनि भ्याए । तर, त्यसयता विद्यार्थी र शिक्षक दुवैमा पठनपाठनप्रति विगतमा भन्दा बढी ‘अल्छीपन’ देखिएको छ । त्यसको असरसमेत देखिन थालेको छ ।

Read More

एसईईमा ४ लाख ८५ हजार परीक्षार्थी

कान्तिपुरमा प्रकाशित,५ चैत्र, काठमाडौँ ।

चैत ८ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नयाँ पाठ्यक्रममा आधारित यो पहिलो परीक्षा हो । बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् ।

Read More

सामुदायिक स्कुलमा शिक्षकको मनोमानी, दुई घण्टी पढाएर विदा

अनलाइनखबरमा प्रकाशित,२ चैत्र, सप्तरी ।

एक चैतको मध्यान्ह १२:३० बजे । यो समयमा विद्यालय आफ्नो गतिमा संचालन भएर चार घण्टीसम्म पढाई भइसक्नुपर्ने हो । तर सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित जनता प्रावि जमुनी मधेपुरा ठ्याक्कै त्यहीं समयमा पुग्दा विद्यालयमा एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।

Read More

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

नागरिक न्युजमा प्रकाशित,२१ माघ, झापा ।

रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् ।

Read More