समाचारमा बालबालिका

स्कुल जानु छ खाली खुट्टा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२६ कात्तिक, बाँके ।

२१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे।

Read More

विद्यार्थीलाई जबर्जस्ती जुलुसमा

कान्तिपुरमा प्रकाशित,२५ कात्तिक, काठमाडौं।

नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जबर्जस्ती प्रदर्शनमा सहभागी गराएको छ । भारतले अतिक्रमण गरेको भूमि कालापानीलगायत फिर्ताका लागि दबाब दिन भन्दै क्रान्तिकारीले आइतबार प्रदर्शन गरेको थियो।

Read More

३ सय विद्यार्थीका लागि २ शिक्षक

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ कात्तिक, जनकपुरधाम ।

अति विपन्न र दलित परिवारका ३ सय बढी बालबालिका अध्ययनरत महोत्तरीको मधवा विद्यालय मात्र २ शिक्षकको भरमा सञ्चालित छ। मनरा सिसवा नगरपालिका १० मधवा गाउँमा सञ्चालित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय नेपालकै पुरानो शैक्षिक संस्था मध्येको एक हो।

Read More

एउटै कोठामा पाँचवटा कक्षा

कान्तिपुरमा प्रकाशित,२४ कात्तिक, सल्यान।

एउटा कोठामा कतिवटा कक्षा हुन्छन् रु पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो।

Read More

अभिभावक र विद्यार्थी संगसंगै स्कुलमा

नागरिक न्युजमा प्रकाशित,२० कात्तिक, जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी र अभिभावक संगसंगै स्कुलमा पुग्छन्। भाँडगाउँ स्थित देउती आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावक एकसाथ विद्यालयमा आउन थालेपछि शिक्षक दंग पर्छन्। स्कुलमा त विद्यार्थी आउने हो तर अभिभावक किन आइराख्छन् भन्ने चासो शिक्षकमा भइरहन्छ। अभिभावक शिक्षकले विद्यार्थीको भविष्य माथि खेलवाड गर्न सक्ने भन्दै स्कुलमा जाने गरेको बताउँछन्।

Read More

प्राथमिक तहमा विद्यार्थी घट्दै

कान्तिपुरमा प्रकाशित,५ कात्तिक, सल्यान ।

शारदा नगरपालिका–५, तल्नोमार्केस्थित जनकल्याण प्राविमा तीन शिक्षक र एक बालविकास सहयोगी छन् । विद्यार्थी संख्या भने ११ मात्र छ । कालीमाटी गाउँपालिका–१, हिङबरेस्थित प्राविको हालत पनि उस्तै छ । ३ कक्षासम्म सञ्चालित विद्यालयमा जम्मा पाँच विद्यार्थी छन्।

Read More

समयमा खुल्दैनन् विद्यालय

कान्तिपुरमा प्रकाशित,४ कात्तिक, सप्तरी।

सप्तरीको विष्णुपुर गाउँपालिका ७ स्थित जनता आधारभूत विद्यालय अगाडि आइतबार बिहान साढे ९ बजे विद्यार्थी आएका थिए । तर, विद्यालयको मूलगेटमै ताल्चा लागेको थियो।

Read More

विद्यालय जाँदैनन् मुसहर बालबालिका

कान्तिपुरमा प्रकाशित,२८ असोज, विराटनगर।

विराटनगर महानगरपालिकाको दक्षिणतर्फ पर्ने दरैया बस्तीमा ४६ घरपरिवार मुसहर समुदाय बस्छन् । दुइवटा मेडिकल कलेज, सयौं स्कुल र कलेजहरू रहेको विराटनगरले शैक्षिक केन्द्रका रूपमा आफ्नो परिचय स्थापित गराएको छ।

Read More

काठमाडौंमा एक महिना विद्यालय बिदा

कान्तिपुरमा प्रकाशित,१४ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले दसैं र तिहारको बीचमा समेत विद्यालय बिदा गर्न सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले असोज १२ देखि कात्तिक १२ गतेसम्म विद्यालय बिदा गर्न भनेको छ । उक्त सूचनाप्रति संस्थागत (निजी) विद्यालय सञ्चालक र अभिभावकले आपत्ति जनाएका छन्।

Read More

बाल विकास रणनीति बन्दै

कान्तिपुरमा प्रकाशित,८ असोज,काठमाडौँ ।

सरकारले प्रारम्भिक बाल विकास रणनीति तयार गर्ने भएको छ । राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाको संयोजकत्वमा बाल विकास रणनीति निर्माण समिति गठन गरिएको आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए।समितिले तीन महिनाभित्र रणनीति तयार पार्नेछ।

Read More

किताबै नबोकी स्कुल

कान्तिपुरमा प्रकाशित,५ असोज, लमजुङ ।

क्व्होलासोंथर गाउँपालिका–१ मैसेक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योति मावि कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीसहर नगरपालिका–९ बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । उनीहरूले किताब नभएर नबोकेका होइनन् । ‘घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने।

Read More

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

नागरिक न्युजमा प्रकाशित,२ असोज, रोल्पा।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङग्रीका सबै विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालयको पहुँचमा आएका छन्। जिल्लाकोे शैक्षिक अवस्था खस्किएको गुनासो आइरहेकाबेला वडाभित्र रहेका सबै एक हजार ६ सय ३०  बालबालिका विद्यालयमा भर्ना भएका हुन्। उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्नायुक्त वडा समेत घोषणा गरिएको छ।

Read More

ज्यानकै जोखिम मोलेर स्कुल जान बाध्य

थाहा खबरमा प्रकाशित,२६ भदौ, अर्घाखाँची ।

अर्घाखाँचीको सिमलपानीको वाणगंगा खोलापारि पावरामा विद्यालय छ। करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ। तर बीचबाटोमै पर्ने  बाणगंगा नदी  तरेर स्कुल जान नसक्दा  सयौं विद्यार्थी पढ्नबाट वन्चित हुँदै आएका छन्। हिउँदमा तर्न सकिने वाणगंगा बर्खामा भने तर्न सक्ने उपाय नै छैन। पढाई बिग्रीने डरले आत्तिएका विद्यार्थी जनतन स्कुल जान खोज्दा उनिहरु जोखिम मोलेरै जान बाध्य छन्। खोला तर्न नसके घरबाटै विद्यालय भवन हेरेर बस्नुबाहेक विक्रमसोताका बालबालिकासित अर्को विकल्प छैन।

Read More

१२ उत्कृष्ट विद्यालयलाई सरकारले दियो पुरस्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२३ भदौ, काठमाडौं।

सरकारले उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार, शिल्ड र ध्वजा पदक प्रदान गरेको छ। चालिसौं शिक्षा दिवश तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवशका अवसरमा उक्त पुरस्कार दिइएको हो।

Read More

शरणार्थी बालबालिकाको पढाइ रोकिँदै

कान्तिपुरमा प्रकाशित,२२ भदौ, झापा।

कुनै बेला झापा र मोरङका शिविरमा ७ वटा मावि र ३३ वटा सेक्टर स्कुल रहेकामा घट्दै गएर अहिले एउटा छ । त्यो पनि आगामी शैक्षिक सत्रदेखि बन्द हुँदै छ। यूएनएचसीआरले शरणार्थीलाई गर्दै आएको सहयोग पनि रोक्दै छ।

Read More

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन

कान्तिपुरमा प्रकाशित,२० भदौ, सर्लाही।

विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ।

Read More

छात्रालाई विद्यालय जान साइकल वितरण

कान्तिपुरमा प्रकाशित,१६ असार, जनकपुरधाम।

प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई वितरणका लागि जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा साइकलको ताँती लागेको छ।

Read More

विद्यालय सुधार्न खाजा कटौती

कान्तिपुरमा प्रकाशित,१६ असार, दाङ।

करिब ४ घण्टा हिँडेर सहरका विद्यार्थी सैघास्थित भगवती मावि पुग्छन् । तीन दिन त्यहीं बसेर विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लागि पर्छन् । विद्यार्थीहरू कुनै बोराबाट सरसफाइका सामग्री, कुनैबाट पुस्तक, स्टेसनरी त कुनैबाट शिशु कक्षाका लागि एलईडी टीभी र शैक्षिक सामग्री निकाल्छन् । कक्षाकोठामा पसेर सरसफाइ गर्न थाल्छन् । भित्ता र गेट रंगाइदिन्छन्।

Read More

१०६ जनाको जीपीए ४

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१३ असार, काठमाडौं।

ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले एसईईमा जीपीए ४ ल्याएका छन् । ८२९००९२ सिम्बर नम्बर रहेका भट्टले उत्कृष्ट नतिजा आएकोमा खुसी व्यक्त गरे । उनले विज्ञान पढेर इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । उनका बाबु प्रहरी सेवामा छन् । भट्टले नियमित २र३ घण्टा पढेमा राम्रो नतिजा आउने बताए । उनले भने, ‘स्कुलबाट आएर २/३ घण्टा पढ्थें।

Read More

सामुदायिकबाट उत्कृष्ट

कान्तिपुरमा प्रकाशित,१३ असार, बुटवल।

बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए।

Read More