समाचारमा बालबालिका

विद्यार्थी गएल भएपछि जरिवाना

सल्यानको एक विद्यालयका बिद्यार्थीहरु बिद्यालयमा गएल भएपछि जरिवाना तिर्दै आएका छन् । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा–२ फूलबारी भँडारेमा रहेको सिद्ध माद्यामिक बिद्यालयका बिद्यार्थीहरुले आफु बिद्यालयमा अनुपस्थित भए पछि जरिवाना तिर्दै आएका हुन् । बिद्यालयमा बिद्यार्थीहरु नियमित रुपमा आउन र पठनपाठन पनि प्रभाबकारी होस भन्ने उद्देश्यले यस्तो गरिएको हो । अहिले बिद्यालयमा अनुपस्थित भएमा प्रतिदिनको ५ रुपैँया जरिवाना तिर्ने गरेको कक्षा ९ मा अध्ययनरत बिद्याथी हेमराज चलाउनेले बताए । उनले घरमा अतिआवश्यक काम परेको खण्डमा बिद्यालयमा उपस्थित नहुने बारेमा निबेदन दिनुपर्ने बताए । उनले भने यदि बिद्यालयमा जानकारी नगराएर कुनै बिद्यार्थी बिद्यालयमा आएन भने उस्ले प्रति दिनको ५ रुपैँयाका दरले जरिवाना तिर्नुपर्छ  । सो विद्यालयमा २ सय बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । गत जेठ महिनादेखि यस्तो नियम लागु गरिएको हो । अहिले यस बिद्यालयमा पढ्ने कक्षा २ देखी १० सम्मका बिद्यार्थीहरुले आफु बिद्यालयमा अनुपस्थित भएमा ५ रुपैँया जरिवाना तिर्दै आएका छन् । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई निमित बनाउन यस्तो नियम लागु गरिएको बिद्यालयका प्रधानाध्यापक गोबिन्द चलाउनेले बताए । उनले शिक्षक तथा बिद्यार्थीहरुको संयुक्तरुपमा निर्णय गरेर यो नियम बनाएको बताए । अहिले बिद्यालयमा प्रायः सबै बिद्यालय आउछन्, कहिलेकाही घरमा अति आबश्यक काम परेको खण्डमा बिद्यालयलाई जानकारी गराउछन् प्रधानाध्यापक चलाउनेले बताए । उनले यसरी उठेको रुकमले प्रत्येक कक्षाकोठाका जेहेन्दार बिद्यार्थीलाई पुरुस्कृत गरिने बताए । बाँकी रहेको रकमले प्रत्येक कक्षामा फिल्टर जडान गर्ने लक्ष्य रहेको उनले बताए । यस बिद्यालयमा बिद्युत्तिय हाजिरी पनि जडान गरिएको छ । अहिले बिद्यालयमा बिद्यार्थी र शिक्षक नियमित आउने र पठनपाठन पनि प्रभाबकारी बन्दै गएको बिद्यालय स्रोतले जनाएको छ ।

२०७५ असार २४ गते प्रकाशित