A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfmd7uaic83v1cvbobo9vosru16rg9ugv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

लमजुङका ३ दशमलव २ प्रतिशत बालबालिका विद्यालयबाहिर

जिल्लामा विद्यालय जाने उमेर समूहका ३ दशमलव दुई प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । मंगलबार बेँसीसहरमा आयोजना गरिएको विद्यार्थी भर्ना विशेष अभियान ०७५ दोस्रो चरणको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । अशिक्षा, बेरोजगारी, गरिबी, घरनजिक विद्यालय नभएका कारण बालबालिका विद्यालय भर्ना नभएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । अपांग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले अपांग बालबालिका बढी मात्रामा विद्यालयबाहिर रहेको बताए । उनले भने, ‘अपांगमैत्री भौतिक संरचना लमजुङमा कम संख्यामा हुँदा विद्यालय उमेर समूहका बालबालिका विद्यालयबाहिर रहेका हुन् । विद्यालयमा गुणस्तरीय पढाइ नभएको र सरकारी अनुगमन प्रभावकारी नभएका कारण पनि बालबालिका विद्यालयबाहिर रहेको पाइएको हो ।’सरकारले अभियानस्वरूप देशभर विद्यार्थी भर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको नेपाली कांग्रेस लमजुङका पूर्वसभापति कृष्णप्रसाद कोइरालाको आरोप छ । समयनुकूल पाठ्यक्रम परिमार्जन नहुँदा सामुदायिक विद्यालयको गुणस्तर माथि उठ्न नसकेको उनले बताए । विद्यालय तथा अभिभावकबीच समन्वयको कमी हुँदा शैक्षिक गुणस्तरमा प्रभाव परेको दोेर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले बताए । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय भर्ना नभएका बालबालिकालाई कक्षाकोठामा ल्याउने प्रयास गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख नारायण रेग्मीले बताए । उनले भने, ‘यस वर्ष कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने कुराको सर्भे हुन बाँकी नै छ । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा विद्यार्थी भर्ना दर वृद्धि गर्न निकै चुनौती देखिएको छ ।’इकाइ प्रमुख रेग्मीका अनुसार विद्यार्थी भर्ना विशेष अभियानलाई प्रभावकारी बनाउन पहिलो चरणमा जिल्ला शिक्षा समिति लमजुङले सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरिसकेको छ । थप कार्यक्रम भइरहेका छन् । विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ लमजुङसहित लमजुङका ४ नगरपालिका र ४ गाउँपालिकाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका हुन् । ०६१ बाट सुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा काम गरेका छन् । २ वैशाखबाट यो अभियान सुरु गर्दा विद्यालयबाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सरकारको लक्ष्य थियो । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

२०७५ असार २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: