A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh6bv64rdftmjrb13ivg0pa2sjcl5il2a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी भर्ना अभियानः दलित समुदायका बालबालिका विद्यालय जान थाले

विद्यार्थी भर्ना अभियानको प्रभावले महोत्तरीका दलित समुदायका बालबालिका विद्यालयसम्म जान सक्षम भएका छन् । जिल्लाको गौशाला नगरपालिका–९ मुसलमान बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका अहिले नियमितरुपमा दुई किमीको दूरीमा रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नियमितरुपमा अध्ययन गर्दै आएका छन् । विद्यालयले विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकालाई घरघरमै गएर बालबालिकालाई पढ्नका लागि उत्प्रेरणा जगाएपछि बालबालिका विद्यालयसम्म आउन सफल भएका हुन् । ससाना बालबालिका एकाबिहानै आँखा मिच्दै दुई किमीको पैदलयात्रा तय गरी पढ्नका लागि जाँदै गरेको स्थानीय सूर्यदेव महतोले बताए । पहिले पहिले बस्तीका बालबालिका अरुको खेतमा गएर आमाबाबुसँग काम गथ्र्यो तर अहिले सो बस्तीका बालबालिका एकाबिहानै झोलामा कापी कलम लिएर विद्यालय जाँदै गरेको महतोले जानकारी दिए । यता विद्यालय भर्ना अभियानलाई सफल पार्नका लागि सो बस्ती पुगेकी हाम्रा सहकर्मी सुनिता महतोको अनुसार सर्वप्रथम टोलीलाई हेर्ने बित्तिकै बस्तीका बालबालिका घरमा गएर लुकेर बसेका थिए । पछि टोलीले अभिभावकसँग कुराकानी गर्दा उनीहरु बाहिर निस्केर पढ्नका लागि सहमत भएका महतोले बताइन् । अभियानको भोलिपल्ट सो बस्तीका १० जना बालबालिका नजिकै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कालिपुरमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक देवनारायण महतोले जानकारी दिए । प्रधानाध्यापक महतोले सो समुदायका बालबालिकालाई तत्कालको लागि कापी, कलम वितरण गरेको र केहीदिनमै नयाँ किताब पनि दिइने तयारी भइरहेको बताए । 

२०७५ वैशाख १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: