समाचारमा बालबालिका

१२ उत्कृष्ट विद्यालयलाई सरकारले दियो पुरस्कार

सरकारले उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार, शिल्ड र ध्वजा पदक प्रदान गरेको छ। चालिसौं शिक्षा दिवश तथा ५३ औं अन्तरराष्ट्रिय साक्षरता दिवशका अवसरमा उक्त पुरस्कार दिइएको हो। माध्यामिक शिक्षा परीक्षा ९ कक्षा १२० मा सामुदायिक विद्यालयतर्फ अमरसिंह मावि पोखरा ९७७.८० प्रतिशत(प्रथम, सुकुना मावि इन्द्रपुर मोरङ ९७६.११ प्रतिशत) द्वितीय र भवानी विद्यापीठ मावि, फलेवास पर्वत ९७४.३८ प्रतिशत) तृतीय भएका छन्। यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर मावि कास्की ९९०.३६ प्रतिशत( प्रथम, नेपाल प्रहरी मावि साँगा काभ्रे ९८७.९१ प्रतिशत) द्वितीय र सेन्टजेभियर्स कलेज, माइतीघर काठमाडौं ९८७.८१ प्रतिशत तृतीय भए। यसैगरी माध्यामिक शिक्षा परीक्षा ९कक्षा १०० सामुदायिकतर्फ मेधा मावि, तेखापुखु भक्तपुर ९९०।०१ प्रतिशत० प्रथम, रेसुङगा मावि तम्घास गुल्मी ९८६.३४ प्रतिशत( द्वितीय र तरुण मावि बालाजु काठमाडौं तृतीय ९८६.३२ प्रतिशत) तृतीय भए। संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी कपन, काठमाडौं ९९३.६९ प्रतिशत( प्रथम, नेपाल प्रहरी मावि, साँगा काभ्रे ९९३.४५ प्रतिशत) द्वितीय र भ्याली न्यू इङ्लिस स्कुल, नयाँ बानेश्वर काठमाडौं ९९३.४५ प्रतिशत० तृतीय भएका छन्। मुलुकभरमा सर्वोत्कृष्ट हुने विद्यालयमध्ये प्रथमलाई तीन लाख, द्वितीयलाई दुई लाख र तृतीयलाई एक लाख रुपैयाँसहित शिल्ड प्रदान गरिएको थियो। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल र शिक्षा सचिव महेशप्रसाद दाहालको उपस्थितिमा सर्वोत्कृष्ट हुने विद्यालयका प्राध्यापकलाई नगद रकम, शिल्ड र ध्वजा पदक प्रदान गरेका थिए। पुरस्कार ग्रहण गर्न भवानी विद्यापिठ पर्वतबाट आएका प्रधानाध्यापक अर्जुन रेग्मीले अविभावकको शुभेच्छा, शिक्षकको लगनशिलता र विद्यार्थीको मिहेनत नै सफलताको आधार भएको बताए। ‘सबैको अझै बढि साथ सहयोग भएमा आगामि दिनहरूमा अझ राम्रो नतिजा ल्याउने विश्वास छ। प्रगतिका लागि साथ, सहयोग, शुभकामना दिने सबैमा आभारी छु र खुशीयाली पनि बाँड्न चाहन्छु,’ प्राधानाध्यापक रेग्मीले अन्नपूर्णसँग भने।

२०७६ भदौ २३ गते ८:२१ मा प्रकाशित