A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8lp6bufl83pv31em5d5ombd2ae0vl6v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्राथमिक तहमा विद्यार्थी घट्दै

शारदा नगरपालिका–५, तल्नोमार्केस्थित जनकल्याण प्राविमा तीन शिक्षक र एक बालविकास सहयोगी छन् । विद्यार्थी संख्या भने ११ मात्र छ । कालीमाटी गाउँपालिका–१, हिङबरेस्थित प्राविको हालत पनि उस्तै छ । ३ कक्षासम्म सञ्चालित विद्यालयमा जम्मा पाँच विद्यार्थी छन् । सरकारले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान नदिँदा विद्यार्थी संख्या बर्सेनि घटिरहेको छ। प्रायजसो अभिभावकले बालबालिकालाई आधारभूत तह निजी विद्यालयमै पढाउँछन् । माध्यमिक तहमा पुगेपछि भने केहीले सामुदायिकमै ल्याउँछन् । प्रविधिमैत्री पठनपाठन, बहुभाषा शिक्षण र शिक्षक नहुनु, परम्परागत शैलीको पढाइजस्ता कारणले प्राथमिक तहमा विद्यार्थी घटिरहेको शिक्षासेवी डिल्लीबहादुर भण्डारी बताउँछन् । उनका अनुसार विद्यार्थी नभएरै अधिकांश विद्यालय बन्द हुने अवस्थामा छन् । बागचौर नगरपालिका–२, चिल्ढालेको भानुभक्त आधारभूत विद्यालयमा बालशिक्षाका सहित १८ विद्यार्थी छन् । एक शिक्षक र बालविकास सहयोगीको दरबन्दी रहेको विद्यालयमा विद्यार्थी घटेको भन्दै नगरपालिकाले शिक्षक सरुवा गरेको छ । विद्यालयलाई शिशु कक्षामा सीमित गर्ने नगरपालिकाको योजना छ । स्थानीय सरकारले सामुदायिक विद्यालयको विकास र निगरानी गर्न नसकेको शिक्षासेवी भण्डारीको आरोप छ । जिल्लाका ५ सय ४ सामुदायिक विद्यालयमध्ये ७१ माध्यमिक, ८७ आधारभूत र २ सय ८७ प्राथमिक तहका छन् । जिल्लाभर संस्थागत विद्यालयको संख्या ४९ छ । सामुदायिकमा विद्यार्थी संख्या घट्दै गए पनि संस्थागत विद्यालय मौलाउँदै गएको उनले बताए ।

जिल्लामा सामुदायिकका प्राथमिक तहमा ०७४ मा ३९ हजार ७ सय ८७ विद्यार्थी थिए । ०७५ मा घटेर ३२ हजार ९ सय १२ र चालु शैक्षिक सत्रमा ३० हजार ५ सय ९३ पुगेको छ । विद्यार्थी घटेका कारण यहाँका एक दर्जन विद्यालय मर्ज गरिएका छन् । तीन दर्जन विद्यालयको तह घटाइएको छ । करिब दर्जन विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । सदरमुकामस्थित शारदा नगरपालिकामा ०७४ मा ३ हजार ९ सय ५ र २०७५ मा ३ हजार ७ सय १५ विद्यार्थी प्राविमा अध्ययनरत थिए । यस वर्ष ३ हजार ५ सय ४१ विद्यार्थी रहेको नगरले जनाएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी शारदा नगरपालिकामा ५ हजार २ सय ५ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा १ हजार ५ सय ५२ विद्यार्थी प्रावि तहमा छन् ।सामुदायिकमा राजनीतिक चलखेल बढी हुँदा अहिलेसम्म दरबन्दी वितरण र समायोजन हुन सकेको छैन । शिक्षक राजनीति र अन्य काममा व्यस्त हुँदा पनि सामुदायिक विद्यालयको स्तर उक्सिन नसकेको स्थानीय अगुवा पूर्ण केसीको बुझाइ छ ।शारदा नगरपालिका–१०, मधनास्थित कालिका प्राविका प्रधानाध्यापक दीपक थापा विद्यार्थी नहुँदा बन्द भएको विद्यालय नगरपालिकाको सहयोगपछि पुनः सञ्चालनमा ल्याइएको बताउँछन् । कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा २८ जना मात्र विद्यार्थी छन् ।स्थानीय तहले अस्थायी शिक्षक भर्ना गरे पनि अन्य व्यवस्थापनमा ध्यान नदिँदा आधारभूत तहको पढाइ कमजोर बन्दै गएको कालीमाटी गाउँपालिकाको काल्चेडाँडास्थित नेपाल राष्ट्रिय प्राविकी प्रधानाध्यापक लीला थापाले बताइन् । उनले शैक्षिक सामग्री र शिक्षक अभावमा प्राथमिक तहको पठनपाठन गुणस्तरीय बन्न नसकेको जनाइन् । ७ वर्षअघि करिब एक सय विद्यार्थी रहेको उनको विद्यालयमा यस वर्ष ४५ जना मात्र छन् । ‘शिक्षक म एक्लै छु, बालबालिकालाई खेलाउने र पढाउने शैक्षिक सामग्री छैनन्,’ उनले भनिन्, ‘सबै कक्षामा नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ ।’त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले आर्थिक अवस्था राम्रो भएका अभिभावकले बालबालिकालाई निजीमा पढाउने गरेका कारण सामुदायिक विद्यालय सुधार्न मुस्किल परिरहेको बताए । ‘अधिकांश विद्यालयमा विद्यार्थी संख्या कम छ, जसकारण सरकारी अनुदान घट्दा शैक्षिक विकासमा पनि असर परिरहेको हो,’ उनले भने, ‘विद्यार्थी संख्याका आधारमा अनुदान वितरण गरिरहेका छौं, केही विद्यालयमा गुणस्तर बढिरहेको छ ।’शिक्षामा गरिएको लगानीका आधारमा तीन–चार वर्षपछि मात्र प्रभाव देखिने दार्मा गाउँपालिकाका शिक्षा शाखाप्रमुख रोम पाण्डे बताउँछन् । उनका अनुसार गाउँपालिकाले शिक्षा क्षेत्रमा योजना बनाई लगानी गरिरहेको छ । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले गुणस्तर बढाउन पूर्वाधार निर्माण, स्थानीय पाठ्यक्रम, डिजिटल हाजिरी, शैक्षिक सामग्रीमा लगानी बढाइएको बताए । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लालबहादुर घर्तीले संघीयताले शिक्षामा ठूलो असर पारिरहेको बताए । ‘यसअघि एकीकृत रूपमा जिल्लाभरि शैक्षिक विकासमा रकम विनियोजन हुन्थ्यो,’ उनले भने, ‘तर स्थानीय सरकारमार्फत आवश्यकताभन्दा पहुँचका आधारमा बजेट विनियोजन हुँदा दुरुपयोग बढिरहेको छ ।’एकाइका अनुसार जिल्लामा दरबन्दी अभावको समस्या कायमै छ । प्राथमिक तहमा १ हजार २ सय २० शिक्षक कार्यरत रहेको एकाइले जनाएको छ । त्यसमध्ये ५ सय ६२ स्थायी, ३ सय ५६ राहत र ३ सय २ अस्थायी शिक्षक छन् ।

२०७६ कात्तिक ५ गते ९:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: