A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session165l9vbcss45hccqpmfh06jl7m66115b): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन

विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ । प्रदर्शन गर्न एकजुट हुने स्थानीय विद्यालय खुलाउनमा भने एकजुट छैनन् । जसका कारण विद्यार्थीहरू पढाइबाट वञ्चित भएका छन् । दक्षिणपूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिका–५ स्थित केश्वर गरिब जनता मावि विगत १० दिनदेखि बन्द छ । सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने कि नगराउने विषयमा सुरु भएको विवादले राजनीतिक रङ्ग पाउँदा समस्या बढेको हो । विद्यालयमा भएको विवाद कुटाकुटमा परिणत भएको थियो ।झडपमा दुईजना घाइते छन् । लगतै पीडित पक्षले विद्यालयमा तालाबन्दी गरेका थिए । गत मंगलबार विद्यालयमा लगाइएको तालाबन्दी खुल्न सकेको छैन । यसले विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् । ‘हाम्रो विद्यालयमा राजनीतिक विवादका कारण पठनपाठन ठप्प छ,’ स्थानीय अभिभावक चन्द्रभूषण यादवले भने, ‘राजनीतिक विवादले विद्यालय बन्द हुँदा विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।’विद्यालयको समस्या समाधान गर्नुको साटो राजनीतिक दलका नेता तथा कार्यकर्ता दुई पक्षमा विभाजन भएर आन्दोलनमै होमिएका छन् । विद्यालयमा जारी विवादका कारण प्रथम त्रैमासिक परीक्षा नै रोकिएको छ । अवस्था समान्य हुन नसकेकाले विद्यार्थीहरूको परीक्षा सञ्चालनमा आउन नसकेको प्रधानाध्यापक फेकुकुमार रायले बताए ।अन्यत्रबाट सरुवा भएर आएका शिक्षकको व्यवस्थापन समितिले सहमति दिनुपर्ने पक्षले प्रअ रायको सरुवा, हालको विद्यालय व्यवस्थापन समितिको खारेजी, विद्यालयको हिसाब सार्वजनिक हुनुपर्ने लगायतको माग अघि सारेको छ । विद्यालयमा जारी विवाद समाधान गर्न केही दिनअघि सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिमा राखिएको सर्वपक्षीय छलफलमा सहमति जुट्न सकेको थिएन । त्यसपछि विवादमा संलग्न दुई पक्षबीचको दूरी झन्झन् बढ्दो छ । विद्यालयकै विषयलाई लिएर कहिले लठ्ठी जुलुस कहिले झाडु जुलुस त कहिले टायर बालेर दिनहुँजसो प्रदर्शन भइरहेको छ ।विद्यालयमा जारी विवाद समाधान गरेर विद्यालय खुलाउने प्रयास भइरहेको नगर प्रमुख सियाराम रायले बताए । उनले विद्यालयको विवादमा राजनीतिक रङ्ग लिँदा समस्या समाधान हुन नसकेको जिकिर गरे । विद्यालयको विवाद समाधान गरी पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै बुधबार बिहानैबाटहरिपूर्वा बजार बन्द गराई लठ्ठी जुलुस निकालिएको थियो ।शान्ति कायम गरी बन्द, हड्ताल हुन नदिनुपर्ने विद्यालय क्षेत्रमा नै पछिल्लो समय यसरी राजनीतिक दलले नै विवादको थलो बनाउँदा हरिपूर्वाका वुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘विद्यालयमा राजनीति गर्नु हुन्न, राजनीतिकै कारण विद्यार्थीको पढाइ अवरुद्ध हुने गरेको छ,’ हरिपुर्वाका बुद्धिजीवी राजनारायण रायले भने, ‘परिवर्तनको बाहक मानिने राजनीतिक दलनै शिक्षामा अवरोध पुर्‍याउनु राम्रो कुरो होइन, यसले बच्चाको भविष्य बिग्रिन्छ।

२०७६ भदौ २० गते १०:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: