A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session689ou5ohor0q9d2rdehqapni7v37nolv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यौनिकताबारे खुल्दै किशोरी

यौन तथा प्रजनन् स्वास्थ्यबारे कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेगका किशोरी अचेल खुलेर बोल्न थालेका छन् । मंगलसैन नगरपालिका ३ बिसाकोटकी रत्ना साउदलाई यसअघि विद्यालयमा यौन शिक्षाका बारेमा पढाइ हुँदा अप्ठ्यारो लाग्थ्यो। साथीभाइ र शिक्षकका अगाडि अनुहार नै रातोपिरो हुन्थ्यो। कक्षामा यौन शिक्षाको शीर्षक आउनेबित्तिकै उनी ध्यान अर्कै ठाउँमा मोड्ने गर्थिन्। उनलाई अब लागिसकेको छ कि यौन शिक्षा पनि अपरिहार्य छ भनेर। शिवशक्ति वाल क्लबकी सदस्य समेत रहेकी साउदलाई यौनसम्बन्धी तालिम पाएपछि त्यसबारे सहज भएको हो। ‘अब कुनै हिच्किचाहट हुँदैन, हामी क्लबको बैठकमा समेत खुलेरै यौनसम्बन्धी समस्या राख्ने गर्छौं’, उनले भनिन्। यति मात्रै होइन, अहिले उनी आफूभन्दा कम उमेर समूहका किशोरीलाई उमेर बढ्दै जाँदा किशोरीमा आउने परिवर्तनबारे सिकाउँछिन्। ‘उमेर बढ्दै जाँदा किशोरीको महिनावारी सुरु हुनु, स्तन वृद्धि हुनु र आवाजमा केही परिवर्तन आउने कुरा आदि बहिनीहरूलाई सिकाउने गरेकी छु, यस्तो उमेरमा उनीहरूलाई अनौठो लाग्ने कुरा पनि बताउँछु’, साउदले भनिन्। साँफेबगर नगरपालिका ४ मष्टमाडौं रेडियो श्रोता क्लबका सदस्य करिष्मा दासलाई पनि पहिले साथीले जिस्क्याउँदा खुलेर प्रतिवाद गर्न सक्ने आँट थिएन। केही समय पहिले बृहत यौनिकता शिक्षासम्बन्धी तालिम लिएपछि उनी पनि अहिले आपूmमाथि आइपर्ने समस्याको सामना गर्न थालेकी छन्।

पहिले कसैले जिस्क्याउँदा चुपचाप लाग्थें, तालिमपछि सिकेका कुरा मेरा लागि जीवन उपयोगी बनेका छन्’, उनले भनिन्। उनी अहिले कसैले जिस्क्याउँदा सहेर बस्दिनन्, प्रतिवाद गरिहाल्छिन्। मंगलसैन नगरपालिका ३ की धनकला बिष्टले घरबाट बाहिर निस्कँदा घरको अनुमति लिनुपथ्र्यो। घरमा उनलाई छोराजस्तो स्वतन्त्रता थिएन। छोरी ठूली भएपछि घरबाहिर निस्कनु हुँदैन भन्ने संस्कार उनको परिवारमा थियो। लिंगका आधारमा हुने भिन्नताका कारण समाजले तोकेका लैङ्गिक जिम्मेवारीले क्षमता विकासमा बाधा पुगेको थियो। तर, अहिले उनी आफू स्वतन्त्र भएको महसुस गरिर्छन्। भन्छिन ‘लैंगिक जिम्मेवारीका रूपमा हामीलार्ई धेरै जिम्मेवारी दिई घरायसी कार्यमा सीमित गरिएको रहेछ, जीवनोपयोेगी तालिमले बढेको विश्वासका कारण अहिले खुलेर बाहिर आउन थालेकी छु।’यौन शिक्षाका बारेमा सुन्दा नै लजाउने साँफेबगर नगरस्तरीय युवा सञ्जालकी अध्यक्ष पूजा बुढा पनि अहिले किशोरकिशोरीलाई यौन शिक्षाका बारेमा तालिम दिन सक्ने भएकी छन्। अहिले उनी नगरका केही माध्यमिक विद्यालयमा गएर कक्षा ९ र १० का छात्रछात्रालाई यौनिकताका बारेमा प्रशिक्षण दिन्छिन्। उनले भनिन्, ‘पहिले ८/१० जना मान्छेको अगाडि बोल्न लाज लाग्थ्यो, अब त यौन शिक्षाकै बारेमा सिकाउँछु।’ यौन शिक्षा यौन सम्बन्धसँग मात्र नभएर यौन, यौनिकता र प्रजनन् स्वास्थ्य र अधिकारसँग सम्बन्धित बृहत्तर अध्ययन क्षेत्र रहेको उनले जानकारी दिइन्। अहिले आफू विद्यालयमा गएर यी विषयमा किशोरकिशोरीलाई जानकारी गराउँदै आएको उनले बताइन्। किशोरकिशोरीलाई विद्यालयमा गएर महिनावारी, स्वप्नदोष, स्तनको विकास, लिंग, योनी र पाठेघरका बनावट आदिका बारेका आफूले जानकारी दिने गरेकोे पूजाले बताइन्। ‘यस्ता विषयको शिक्षण सिकाइ क्रियाकलाप गर्दा सुरु–सुरुमा शिक्षकलाई अलिकति धक लाग्नु, विद्यार्थीले पनि कानेखुसी गर्नु स्वाभाविक हो’, पूजा भन्छिन्।

२०७६ मङ्सिर १५ गते १०:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: