A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8t3jqn3nb6ivalpunulg0l4rnf3g2rq5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द

भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो । शिक्षिकाको छोराको बिहे परेको र उनले आग्रह गरेकाले एक दिनका लागि विद्यालय बन्द गरेको प्रधानाध्यापक सूर्य मिश्रले बताए । उनका अनुसार कर्मचारी बैठक बसी विद्यालय बन्द गर्ने निर्णय भएको हो। विद्यालय र भोजभतेर गर्ने ठाउँ नजिकै छ । भोजभतेर गर्ने ठाउँ नजिक भएकाले विद्यार्थीको पढाइमा असर पर्ने ठान्यौँ, त्यसकारण स्टाफ बैठक बसी विद्यालय बन्द गरिएको हो । हिँउदे बिदामा कट्टी हुने गरी बिदा दिएका हौँ,’ उनले भने । बिहेमा बाजा बजाउँदा पढाइमा समेत असर गर्ने भएकाले विद्यालय बन्द गरिएको मिश्रको भनाइ छ । शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द गरेको विषयमा आलोचना भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले कुनै खास चाडपर्वको समयमा बिदा दिन मिल्ने भए पनि विवाहलाई भन्दै बिदा दिनु अनुचित भएको बताए । त्रैमासिक परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द हुँदा बालबालिकाको पढाइमा असर परेको अभिभावकको भनाइ छ । भानु संस्कृत माविमा दुई सय १८ जना विद्यार्थी अध्ययनरत छन्।

२०७६ मङ्सिर १७ गते ०७:१६ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: