A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2t80m2nqovs0bbsbronv1sjpaj8l10e1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरीलाई करेसाबारीको सीप

तारा संवाद समूहमा आबद्ध वीरगन्ज–२९ मुसैलीकी १४ वर्षीया इन्दु गुप्ताले आमा कुन्ती देवीले तरकारी खेती गर्दै आएको सानैदेखि देखेकी हुन् । तर करेशाबारी निर्माण तालिममा सहभागी भएपछि आमाले परम्परागत ढंगले गर्दै आएको खेतीमा केही त्रुटी रहेको उनले भेउ पाइन् । तालिममा आमा कुन्ती पनि सहभागी थिइन् । उनले पनि खेती गर्ने आफ्नो तरिकामा केही सुधार आवश्यक रहेको चाल पाइन् । ‘मैले गर्दै आएको तरकारी खेतीमा केही सुधार आवश्यक रहेछ,’ उनले भनिन्, ‘अब त्यसलाई सुधार्न म र छोरी मिलेर खेती गर्छौं ।’आमाले यसो भनि रहदा इन्दुले सहमतिमा टाउको हल्लाइन् । किशोरी संवाद कार्यक्रमअन्तर्गत १४ समुहमा आबद्ध किशोरी तथा तिनका अभिभावकलाई हालै संयुक्त करेसाबारी निर्माण तालिम दिइएको छ । नेपाल ग्रामिण पुर्ननिर्माण संस्थाले वीरगन्ज महानगरपालिकाको वडा नं २९, ३० र ३१ मा संचालन गरेको तालिममा ३ सय ५० किशोरी तथा १ सय ५० जना अभिभावक सहभागी थिए । सबै किशोरीलाई आ–आफ्नो घरआँगनमा करेसाबारी निर्माण गरी आफैंले बिषादि रहित तरकारी उत्पादन गर्न सक्षम बनाउने तथा महिला तथा बालबालिकाका लागि स्वस्थ, पोषणयुक्त खाना र तरकारि प्रवर्धन गर्ने उद्देश्यले तालिम दिइएको कार्यक्रमका संवाद अधिकृत रामकुमार पाण्डेले जानकारी दिए । ‘खास गरी बिपन्न, दलित, मुस्लिम जनजाति समुदायका किशोरीहरू तथा उनिहरूका परिवारलाई व्यावसायिक तरकारी खेती गर्न सिकाई आत्मनिर्भर बनाउने प्रयास गरिएको हो,’ उनले भने, ‘तालिमपछि सबै किशोरी अहिले करेसा बारी निर्माणमा लागेका छन् ।’कार्यक्रमले किशोरीहरूलाई विद्यालय भर्ना गराउने, उमेर नाघेका तर विद्यालय जान नसक्ने किशोरीहरूलाई आयआर्जनका लागी सहयोग गरिरहेको पाण्डे बताउछन् । ‘समाजमा व्याप्त बालविवाह, दाइजो प्रथा, महिला हिंसाजस्ता सामाजिक विकृतिबिरुद्ध अहिले संवादका किशोरीहरू लागिपरेका छन्,’ उनले भने, ‘कहिले विद्यालय सरसफाई त कहिले बालविवाहबिरुद्ध सडक नाटक, घरदैलो, र्‍यालीहरू गर्दै छन्।

२०७६ मङ्सिर ९ गते १०:०४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: