A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondjkg87978evi93i3hupcmvdv60lomtkm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निजी विद्यालयमा खचाखच, सरकारीमा विद्यार्थी अभाव

अर्जुनधारा नगरपालिका–४ स्थित शिवनारायण प्राथमिक विद्यालय गत वर्ष बन्द र≈यो । २०४५ मा स्थापित विद्यालय विद्यार्थी नभएकै कारण गत शैक्षिक सत्रमा चल्न सकेन । यो वर्ष जेनतेन २० जना विद्यार्थी भर्ना भएका छन् । कक्षा १ मा १२ तथा कक्षा २ मा ८ जना अध्ययनरत छन् । कक्षा ५ सम्म चल्नुपर्ने विद्यालय कक्षा २ सम्म मात्र सञ्चालित छ ।अर्जुनधारा–९ सालबारीस्थित बालज्योति प्रावि पनि जेनतेन सञ्चालित छ । विद्यालयलाई गत वर्ष नै बन्द गर्ने नगरपालिकाले लगभग निर्णय गरिसकेको थियो । तर, विद्यालय व्यवस्थापन समितिले ‘लिखित निवेदन’ दिएर विद्यालय बन्द नगर्न आग्रह गर्‍यो । आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या ५० बढी पुर्‍याउने ‘कबुल’ गरेपछि विद्यालयमा यो वर्ष पठनपाठन भइरहेको छ । तोकिएको विद्यार्थी पुर्‍याउन नसकेको खण्डमा नगरपालिकाले विद्यालय बन्द गर्ने निश्चित छ । विद्यालयमा अहिले २१ जना मात्र विद्यार्थी छन् । उनीहरूमध्ये पनि दैनिक विद्यालय आउने संख्या १५ नाघ्दैन । कक्षा १ निल छ । विद्यालयमा ३ स्थायी, एक बाल शिक्षक र एक कर्मचारीसहित ५ जना कार्यरत छन् । अर्जुनधारा–२ स्थित भीमले आधारभूत विद्यालयको पनि हालत उस्तै छ । विद्यालयमा ४५ जना मात्र विद्यार्थी छन् । कक्षा २ मा एक जना पनि छैनन् । ४ मा एक जना मात्र विद्यार्थी छन् । विद्यार्थी अनुपस्थित हुँदा कक्षा ४ मा पठनपाठन बन्द हुन्छ । विद्यालयमा भने दरबन्दीका ७ जना शिक्षक कार्यरत छन् । भौतिक पूर्वाधार पुग्दो छ । विद्यालय नजिक रातेगाउँ, भीमलेडाँडा, सातकटेरी र चौरासे बस्ती छन् । विद्यालयमा विद्यार्थी अत्यन्त न्यून भए पनि वरिपरिका बस्तीमा भने केटाकेटी पर्याप्त छन् । ती बस्तीहरूमा खुदुनाबारीको २, सिस्ने र शनिश्चरे बजारको एकरएक गरी दैनिक ४ वटा बोर्डिङ स्कुलका बस विद्यार्थी बोक्न जान्छन् । भीमलेदेखि शनिश्चरे बजार ७ किलोमिटर दक्षिणमा पर्दछ । अर्जुनधाराकै श्रीप्रावि, जनज्योति प्रावि र समाजसेवी प्राविमा पनि विद्यार्थी अभाव छ । विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरू अतिविपन्न परिवारका छन् । ‘बोर्डिङ स्कुलको खर्च धान्न सकेको भए हाम्रो स्कुलमा यति विद्यार्थी पनि हुँदैन थिए होला,’ शिक्षक उपेन्द्रप्रसाद गौतमले भने ।

शिवसताक्षी नगरपालिकास्थित झरना प्रावि दुई वर्षदेखि बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द भएको हो । शिवसताक्षीकै सतासी प्रावि पनि बन्द हुने संघारमा छ । वर्षेनि विद्यार्थी घटिरहेका छन् । विद्यार्थी संख्या बढाउन नसक्ने हो भने आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द हुने सम्भावना प्रबल छ । नगरका कनकाई प्रावि, श्रीजंगा प्रावि र अरुणोदय प्राविले पनि विद्यार्थीको चरम संकट भोगिरहेका छन् । हल्दिबारी गाउँपालिका–३ मिलनचोकस्थित रामेश्वर प्राविमा २० जनाभन्दा बढी विद्यार्थी भेटिँदैनन् । तर, शिक्षकहरूले विद्यालयमा ३८ जना विद्यार्थी भर्ना भएको दाबी गर्छन् । हल्दिबारीकै जनता प्राविमा ३० जना विद्यार्थी छन् । वडा नं। ५ स्थित धनुषा आधारभूत विद्यालयमा ६५ जना मात्र विद्यार्थी छन् । तर, जनता प्राविका शिक्षकले ४० र धनुषाका शिक्षकले विद्यालयमा सय विद्यार्थी रहेको दाबी गर्छन् ।‘हामीले उहाँहरूको भनाइलाई विश्वास गर्न सक्ने अवस्था छैन,’ हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले भने, ‘पटकपटक अनुगमन गर्दा रामेश्वरमा २०, जनतामा ३० र धनुषामा ६५ भन्दा बढी विद्यार्थी भेटेनौं ।’ गाउँपालिकाको शिक्षा समिति संयोजकसमेत रहेका गिरीले शिक्षकहरू ‘अल्छी’ भएका कारण सामुदायिक विद्यालयमा विद्यार्थी घटेको आरोप लगाए । ‘घरपायक जागिर भएकाले शिक्षकहरूको ध्यान विद्यालयभन्दा घर व्यवहारमा बढी देखिन्छ,’ उनले भने, ‘मन लागे विद्यालय आउँछन्, नत्र बहाना बनाएर बिदा बस्छन् ।’ विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेगरी कुनै विद्यालयको शिक्षकले कार्यक्रम नबनाएको गिरीले बताए । ‘सरकारी शिक्षकले नै आफ्ना बच्चा बोर्डिङ स्कुल पठाउँछन्,’ उनले भने । अर्जुनधाराका मेयर हरि रानाले शिक्षकहरूको आचरणमा परिवर्तन नआएकाले सामुदायिक विद्यालयहरूमा विद्यार्थी घटिरहेको बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनेर आलोचना गर्ने अभिभावक र समाजले उत्तरदायी भूमिका निर्वाह नगरेकाले पनि यो समस्या समाधान गर्न गाह्रो भइरहेको उनको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ झापाका शाखा अधिकृत भोलानाथ दाहालले अभिभावकको मागअनुसार शिक्षकहरूले विद्यार्थीलाई गुणस्तरीय अंग्रेजी पढाउन नसकेको बताए । तर, भीमले आधारभूतका शिक्षक गौतमले सरकारी विद्यालयमा विद्यार्थी घट्नुको प्रमुख कारण अभिभावकमा बोर्डिङप्रतिको आकर्षण भएको दाबी गरे । ‘हामीले मेहनत गरेर पढाइरहेका छौं । अंग्रेजी माध्यम पनि सुरु गरिसकेका छौं,’ उनले भने, ‘तर पनि अभिभावक सरकारी विद्यालयप्रति विश्वस्त देखिँदैनन् ।’ रामेश्वर प्राविकी शिक्षिका मेनुका शर्मा दाहालले अभिभावकको मन जित्ने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताइन् ।

२०७६ पुष १२ गते १०:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: